२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ ।

शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित उपकुलपति छनोट सिफारिस समितिले प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्यालको नाम सिफारिस गरेको हो ।

उपकुलपतिमा सिफारिस भएका केसी हाल निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रा .डा. केसरजंग बरालले गत चैत १५ गते राजीनामा दिएका थिए । त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

त्यसैगरी विनिल अर्याल विज्ञान तथा प्रविधि संकायका पूर्व डिन हुन् । दिपक अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।

सिफारिसमा परेकामध्येबाट प्रधानमन्त्री ओलीले एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने छन् ।

प्रधानमन्त्री ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । उक्त सिफारिस समितिले १२ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो ।