२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सांसद सिंहको आरोपः भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी मुछिएका छन्



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानविन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि संसदीय छानविन समिति गठन नभएसम्म राप्रपाले संसद बहिस्कार गर्ने बताउनुभएको हो । उहाँले सरकारले दुई तिहाईको आडमा सदन चलाउन खोजिएको भन्दै आपीत्त पनि जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज सदन अवरोध भएको ४१ दिनभन्दा बढी भइसकेको छ । यसरी दुई तिहाईको दम्भबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ । भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री देखि तल्लो तहको कर्मचारी मुछिएको छ । संसारभरी नेपालीहरुको बदनामी भइराखेको यत्रो जल्दो बल्दो भिजिट भिसा प्रकरणमा किन छानविन समिति गठन गर्नु भएन ? अन्य विषयहरुमा जस्तै भिजिट भिसा प्रकरणको लागि भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि पनि छानविन समिति गठन होस् भन्ने माग राख्न चाहान्छु । यदी भएन भने आज पनि राप्रपाले सदन बहिस्कार गर्नेछ ।’

सांसद सिंहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी समेत संलग्न रहेको आरोप समेत लगाउनु भयो ।