३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा विशेष ध्यान दिनुहोस्

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा विशेष ध्यान दिनुहोस्
अ+ अ-

काठमाडौँ । प्रविधिको जमानामा आफ्नो कामलाई छिटो–छरितो र गुणस्तरीय बनाउन ल्यापटप तथा कम्प्युटर मानिसका लागि अनिवार्यजस्तै भइसकेका छन् ।

ल्यापटपका केही विशेष कुरामा ध्यान दिइएन भने हतारको निर्णयले पछुताउनु शिवाय केही हुँदैन । पैसाको नास एकातिर हुन्छ भने अर्को तिर तपाइले खाेजेको काम गर्न सक्नुहुन्न । किनेको केही महिनामै ल्यापटपले निकै तनाब दिन थाल्छ ।

ल्यापटप सधैँ आधिकारिक डिलरबाट ब्रान्डेड मात्र किन्नुपर्छ । खुद्रा पसल वा अन्य मानिसमार्फत किन्दा नक्कली पर्न सक्छ । फिचर्स अनिवार्य हेर्नुपर्छ । स्पिड राम्रो भएको उच्चस्तरीय ल्यापटपमा मल्टिकोर प्रोसेसर आवश्यक हुन्छ । जसमध्ये इन्टेल र एएमडी प्रोसेसर भएको ल्यापटप राम्रो हुन्छ । अर्को महत्वपूर्ण कुरा अपरेटिङ सिस्टम हो । तसर्थ, जहिले पनि प्रिलोइड अपरेटिङ सिस्टम भएको मात्र किन्नुपर्छ ।

उच्च सञ्चय क्षमता (स्टोरेज क्यापासिटी) भएको ल्यापटप राम्रो हुन्छ । जसमा पनि फ्लाइस ड्राइभयुक्त उपयुक्त हो । यस्तोमा डाटा नष्ट हुने सम्भावना हुँदैन ।

१.ल्यापटपको साइज र वजन निधो गर्नुहोस्

ल्यापटपहरु साधारणतया स्क्रिनको साइज अनुसार वर्गीकरण गरिएका हुन्छन् । जसमा ११ इन्चदेखि १५ तथा १७ इन्चको स्क्रिन सम्मका ल्यापटप बजारमा आमरुपमा पाइन्छन् । स्क्रिनको साइज ठूलो हुँदै गर्दा मूल्य पनि बढ्छ भन्ने ठान्नुहोला । तर त्यसो होइन । बजारमा स्लिम, हलुका तथा उच्च मूल्यका अधिकांश ल्यापटहरु १३ इन्च स्क्रिन मोडेलका हुने गरेका छन् । त्यस्तै अधिकांश सुपथ मूल्‍यका ल्यापटपहरु १५ इन्च स्क्रिन भएका हुने गरेका छन् ।

हुन त ल्यापटपको स्क्रिन कत्तिको कामकाजी छ भन्ने कुरा यसको स्क्रिनको आकारले मात्र निर्धारण गर्दैछ, यसको स्क्रिन रिजोलुशन महत्वपूर्ण हुन्छ । न्यून मूल्यका ल्यापटपको स्क्रिन रिजोलुसन पनि कम अर्थात् १३६६ x ७६८ पिक्सेल सम्म हुन्छ । यस्तो रिजोलुसन १३ इन्च सम्मका ल्यापटपमा ठिकै हुने भएपनि १५ इन्चका ल्यापटपका लागि खासै उपयुक्त हुँदैन ।

२.ल्यापटपको स्क्रिन

ल्यापटप किन्दा यसको स्क्रिन साइजको बारेमा ध्यान पुर्‍याउनु जरुरी हन्छ । तपाईं प्रयोग गर्ने ल्यापटपको प्रयोजनले यसको स्क्रिन सानो वा ठूलो चाहिने निर्धारण गर्छ ।  स्क्रिनको साइजअनुसार ल्यापटपको साइज तल–माथि हुन्छ । ह्यान्डी साइजको भयो भने बोक्न सजिलो हुन्छ । स्क्रिनको आकार आफूलाई सहज हुने ढंगले रोज्न सकिन्छ । स्क्रिनको रिजोलुसन बुझेर मात्रै ल्यापटप किन्नुहोस् । लो रिजोलुसनको स्क्रिनमा भिडियो, फोटो हेर्दा क्वालिटी राम्रो देखिँदैन ।

३.प्रोसेसर

ल्यापटप किन्दा प्रोसेसरमा मुख्य ध्यान दिनुहोस् । प्रोसेसर ल्यापटपको मुख्य इन्जिन हो । प्रोसेसरको स्पिड बुझेर मात्रै ल्यापटप रोज्नुहोस् । प्रोसेसर स्पिड फास्ट भएको ल्यापटप आवश्यक पर्छ । लेटेस्ट टेक्नोलोजीअनुसारको प्रोसेसर हुनुपर्छ । प्रोसेसर स्पिड स्लो भयो भने ल्यापटपको फङ्सन नै स्लो हुन्छ । त्यसो त प्रोसेसरको स्पिड मात्रै फास्ट भएर हुँदैन । प्रोसेसरभित्र हुने क्यास मेमोरीबारे पनि ध्यान दिनुपर्छ । क्यास मेमेरो हाई हुनुपर्छ, जसले ल्यापटपलाई चुस्त राख्छ । प्रोसेसर स्पिड कम तथा क्यास मेमोरी लो भएको ल्यापटपको बुटिङदेखि सबै फङ्सनमा समस्या निम्तिन्छ ।

४. बजेट

ल्यापटप वा कम्प्युटर किन्दा मुख्यकुरा मुल्य नै हो । ल्यापटप छनोट गर्दा कति मुल्य सम्मको किन्ने यसले ल्यापटपको विशेषता निर्धारण गर्छ । ल्यापटप किन्नुअघि तपाईं आफ्नो बजेट तयार गर्नुहोस् । यदि तपाईंलाई अफिसको काम, अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्नुपर्ने छ भने ४५ देखि ८० हजार रुपैयाँमा राम्रै ल्यापटप पाउन सकिन्छ । कोभिड-१९ ले गर्दा हाल ल्यापटपको मुल्य केही बढेको छ । कम्प्युटर, ल्यापटप जस्ता उपकरण सितिमिति छोटो अन्तरालमा खरिद नगरिने हुनाले पछिसम्मलाई हुने अपडेटेड ल्यापटप किन्नपर्छ ।

५. ब्याट्री ब्याकअप

केही समय अगाडिका ल्यापटपमा ब्याट्री ब्याकअप निकै कम हुन्थ्यो । आजभोलिको नयाँ मोडेलका ल्यापटपमा ब्याट्री ब्याकअप राम्रै राखिएको हुन्छ । त्यसैले किन्ने वेला ब्याट्री ब्याकअपबारे ध्यान दिनुपर्छ । अहिले बजारमा ४ र ६ सेल ब्याट्री भएका ल्यापटप बढी चलेका छन् । यसमध्ये ६ सेलको ब्याट्री भएको ल्यापटप किन्नु उत्तम हुन्छ । यसले लामो समयसम्म ब्याकअप दिन्छ । ब्याट्रीमा सेल जति बढी हुन्छ, ब्याकअप उति नै लामो समय ब्याकअप दिने हन्छ ।

६. आफैले चलाएर हेर्नुहोस्

ल्यापटप, मोबाइल जस्ता चिजहरु अनलाइनमा खरीद गर्दा कहिलेकाहीँ ठगिने गरेका घटना पनि सुनिन्छन् । त्यसैले ल्यापटप किन्दा पसलमा गएर आफैले हेरेर र चलाएर किन्नु राम्रो हुन्छ । यसो गर्दा तपाईलाई ल्यापटप छनोटमा धेरै विकल्प प्राप्त हुनेमात्र होइन आफुले चाहेको र मूल्य तिरेको ल्यापटप नै खरीद गर्न सक्नुहुन्छ । किन्नु अगाडि ल्यापटप खोलेर चलाउँदा तपाईले त्यसको क्षमता तथा फिचरहरुको वास्तविक अनुभव गर्न सक्नुहुन्छ र सबैभन्दा मनपर्ने किन्न सक्नुहुन्छ । साथै ल्यापटपको मेटेरिएल, हिन्जेजको गुणस्तरका साथै ल्यापटपको तौल पनि आफैले परीक्षण गर्न सक्नुहुन्छ ।