३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

साइबर कानुनको ‘सहारामा’ नयाँ पुस्ताले गरिरहेको विद्रोह

साइबर कानुनको ‘सहारामा’ नयाँ पुस्ताले गरिरहेको विद्रोह
अ+ अ-

कवि गुञ्जन राईलाई प्रहरीले दुई दिनअघि पक्राउ गरेको छ । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो ।

गायिका चौहानको जाहेरीका आधारमा ललितपुरका गुञ्जनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । रमाइलो त के छ भने गुञ्जन तीनै कवि हुन् जो एक साता मात्र अघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा आठौँ स्थानमा आएका थिए । प्रतिष्ठानले छानेका शीर्ष २५ कविताको सूचीमा उनको नाम पनि छापिएको छ ।

सुरुमा पक्राउ गरिएको मात्र समाचारले यो तथ्य खुलेको खुलाएको थिएन । तर जब उनी कबि रहेको र त्यो पनि अघिल्लो हप्तामात्र प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा उनी पनि सो स्थानमा परेको पाइएको समाचार आयो त्यसपछि भने मानिसहरुले आश्चर्य प्रकट गरिरहेका छन् ।

अझै अर्काे तथ्य उनले सामाजिक सञ्जालमा कैयौँ फेक अकाउन्ट बनाएर गायिका चौहानलाई गालीगलौज गर्ने गरेको खुलेपछि भने यसले अर्काे आश्चर्य थपिदिएको छ । उनले आफ्नो कवित्व सिर्जना किन र केका लागि यसरी कसैमाथि गालीगलौज गर्ने काममा खर्च गरिरहेका हुन् भन्ने आश्चर्य मानिसहरुमा थपिएको हो । यस विषयमा उनी आफैले न केही भनिरहेका छन् र नत कसैले यो कार्यको मक्सदको अनुमान नै लगाउन सकेका छन् ।

दुई कलाकार एलिना चौहान र समिक्षा अधिकारीले आफ्ना विरुद्धमा सामाजिक सञ्जालमै सार्वजनिक रुपमा गाली गलौज गर्नेहरुमाथि कारबाहीका लागि प्रहरी गुहारेका छन् । उनीहरुले साइबर ब्युरोमा आफ्ना विरुद्धमा गाली गलौज गर्नेहरुलाई कारबाही गर्न आग्रह गर्दैै उजुरी दिएका हुन् ।

पछिल्लो समय सामाजिक सञ्जाल कोही विरुद्ध रिस राग पोख्ने, बदनाम गर्ने औजारका रुपमा प्रयोग भइरहेका धेरै दृष्टान्तहरु भेटिन्छन् । ती दृष्टान्तका पछिल्ला उदाहरण हुन् यी । फेक अकाउन्ट बनाउने र कसैलाई गालीगलौज गरी उसको सार्वजनिक प्रतिष्ठामा आँच ल्याउन खोज्ने साधनका रुपमा मानिसहरुले सामाजिक सञ्जालको प्रयोग गरिरहँदा त्यसको शिकार कलारकार, सेलिब्रीटी, राजनीतिक दलका नेता तथा अन्य सार्वजनिक व्यक्तित्वहरु पर्ने गरेका धेरै उदाहरुणहरु छन् ।

अर्कातर्फ आफू भाइरल हुने नाममा केही सामग्री बनाउने र आफ्ना व्यक्तिगत युट्युब अकाउन्टबाट प्रसारण गरी कसैलको बदनाम गर्ने प्रचलन पनि पछिल्लो समय निकै चलेको छ । प्रसारित ती सामग्री हेर्दा पत्रकारिताको कूनै अनुशासन मूल्य मान्यता भित्र नपर्ने, ती सामाग्रीमा कुनै तथ्य र प्रमाणहरु कतै नभेटिने तर निरन्तर रुपमा उत्पादन गरी प्रसारण गर्ने र आफ्नो सामाजिक सञ्जालको पेजको रिच बढाउने मात्र काम गर्ने गरेको देखिन्छ ।

यसको पछिल्लो उदाहरण बिना कुनै दर्ता युट्युबमा प्रसारण हुँदै आएको दिलभूषण पाठकको टफ टक नामक भिडियो पनि परेको छ । उनले यो कार्यक्रम मार्फत् कुनै न कुनै व्यक्ति तथा संस्थाका विरुद्धमा सामग्रीहरु बनाउने र प्रसारण गर्ने गर्दथे तर धेरैले वास्ता नै गर्दैनथे । तर पछिल्लो समय भने उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाका बारेमा यस्तै भ्रामक भिडियो बनाएर प्रसारण गरे ।

त्यो भिडियोमा उनको मनगढन्ते स्रोत देखिन्छ तर कुनै प्रामाणिक स्रोत भने कते भेटिँदैन । जब जयबीरले उनका विरुद्धमा साइबर ब्युरोमा उजुर दिए तब मानिसहरुले समाचार लेखेकै आधारमा यसरी पत्रकारलाई पक्राउ गर्न पाइँदैन भनेर एक प्रकारको डिफेन्स पनि गरे । सुरुमा पत्रकारहरु पनि यो उजुरीको विपक्षमा नै उभिए ।

तर जब उनको भिडियो मानिसहरुले हेरे त्यसपछि भने धेरैले थाहा पाए कि त्यो पत्रकारिता नभएर व्यक्तिगत लाञ्छना मात्र पाए । पत्रकारले पनि थाहा पाए । अनि खास व्यवसायिक पत्रकारिता गर्ने व्यक्तिले बुझे कि त्यसले वास्तविक पत्रकार र पत्रकारिता व्यवसायकै बदनाम गरिरहेको छ । मानिसहरुले सुरुमै त्यो अनुमान गर्नु स्वाभाविकै थियो कि दिलभूषण जस्तो पत्रकारले गरेको काम पत्रकारिताभित्र नै पर्दछ । तर उनले दर्ता समेत नगरी गरेको यो सामाजिक सञ्जालको पत्रकारिताका बारेमा थाहा पाएपछि वैधानिक रुपमा मिडिया हाउस स्थापना गरी वास्तविक पत्रकारिता गर्दै आएका पत्रकारहरु पनि आश्चर्यमा परेका थिए । त्यसपछि भने मुलुकको पत्रकारिता जगत नै बाँडियो र ३५ जना पत्रकारले त्यो भिडियोको डिफेन्स गर्ने र बाँकीले विरोध गर्ने अवस्था सिर्जना भयो ।

दिलभूषण विरुद्धको उजुरी पनि कवि गुञ्जनको पक्राउजस्तै आश्चर्यको विषय बनेको थियो । जब उनी कवि भएको खुल्यो र उनी किन त्यस्तो काममा लागेका होलान् भनेर मानिसहरुले आश्चर्य व्यक्त गरे त्यसैगरी दिलभूषणको पनि सो भिडियो देखेपछि त्यत्तिको बरिष्ठ पत्रकारले किन यस्तो काम गर्यो होला भनेर अचम्म मान्ने धेरै पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरु निस्किए ।

युवा पुस्ताले यसरी पछिल्लो समय आफ्ना विरुद्धमा सामाजिक सञ्जालमा गरिएको बदनामको एक प्रकारले भन्ने हो भने विद्रोह नै गरिरहेको छ । त्यसको अगुवाई ती दुई कलाकार र जयवीरले गरिररहेका छन् । जस्तो कि पुराना पुस्ताका कलाकारहरुमाथि पनि यसप्रकारको आक्रमण हुन्थ्यो नै । तर उनीहरुले यसको वास्ता गरेनन्, सहेरै बसे । तर नयाँ पुस्ताले त्यो सहेन । त्यस्तै अवस्था राजनीतिमा पनि छ ।

नेताहरुका बारेमा पनि यस्तै गालीगलौज सार्वजनिक रुपमा नै हुने गरेकै छ । जस्तो कि जयवीरका पिता कांग्रेस सभापति शेरबहादुर देउवा तथा आमा आरजु राणा देउवाका बिरुद्धमा पनि सामाजिक सञ्जालमा धेरै बदनाम गर्ने गरिएको छ अहिले पनि । सामाजिक सञ्जाल मात्र नभएर मिडियाले नै पनि उनीहरु र अरु राजनीतिज्ञहरुमाथि मिडिया ट्रायल गरिरेहै हुन्छन् । तर उनीहरुले पचाइसके, त्यसको खण्डन मण्डन या उजुरबाजुर तिर उनीहरु लाग्दैनन् । तर यसो गरिरहन जयवीर र उनीजस्ता नयाँ पुस्ताले मान्दैनन् ।

आफ्ना विरुद्धमा जेजसरी प्रचार भइरहेको छ त्यसको विद्रोह उनीहरुले गरेका हुन् जयवीर र तीन नयाँ कलाकारहरुले । मुलुकमा कानुनी उपचारका लागि कानुनहरु प्रयाप्त छन् भने किन आफू बिरुद्धको अनर्गल प्रचार सहेर बस्ने भन्ने उनीहरुमा छ । त्यसैले यो उनीहरुको विद्रोह हो भन्दा पनि हुन्छ ।