९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लद्दाखकाे गलवानमा चिनियाँ सेनाकाे कारबाहीमा २० भारतीय सैनिककाे मृत्यु



अ+ अ-

काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप हुँदा मृत्यु हुने भारतीय सेनाकाे संख्या २० पुगेकाे छ । 

भारतीय सेनाले जारी गरेकाे पछिल्लाे विज्ञप्तिमा भारतीय सेनातर्फ २० जनाकाे ज्यान गएकाे उल्लेख छ । यसअघि भारतीय सेनाले तीन भारतीय सैनिक मारिएकाे जनाएकाे थियाे । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही मात्र रहेकाे जनाइएकाे थियाे ।

भारतीय समाचार संस्था एएनअाइका अनुसार भारतीय सेनाले सीमा क्षेत्रकाे सुरक्षाका लागि जस्ताेसुकै कदम चाल्न सेना सक्षम रहेकाे जनाएकाे छ ।

सन् १९७५ पछि पहिलोपटक एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता भए पनि सोमबार राति गोली हानाहान भएको छ ।

चिनियाँ सेनातर्फ क्षति भएका बारेमा केही बताइएकाे छैन । यद्यपि एएनअाइले स्थानीय स्राेतलाइ उद्धृत गर्दै चीनतर्फ ४३ जनाकाे मृत्यु वा घाइते भएकाे जनाएकाे छ ।

पछिल्लाे भिडन्तबाट क्षति पुगलगत्तै स्थानीयस्तरका उच्च सैनिक अधिकृतबीच वार्ता शुरू भएकाे बताइएकाे छ ।

यसैबीच, राष्ट्रसंघका महासचिव एन्टाेनियाे गुटेरेसले सीमा क्षेत्रमा उत्पन्न तनाबप्रति चिन्ता व्यक्त गर्दै दुबै देशलाइ उच्चतम सावधानी अपनाउन अनुराेध गर्नु भएकाे छ ।