४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लद्दाखकाे गलवानमा चिनियाँ सेनाकाे कारबाहीमा २० भारतीय सैनिककाे मृत्यु



अ+ अ-

काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप हुँदा मृत्यु हुने भारतीय सेनाकाे संख्या २० पुगेकाे छ । 

भारतीय सेनाले जारी गरेकाे पछिल्लाे विज्ञप्तिमा भारतीय सेनातर्फ २० जनाकाे ज्यान गएकाे उल्लेख छ । यसअघि भारतीय सेनाले तीन भारतीय सैनिक मारिएकाे जनाएकाे थियाे । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही मात्र रहेकाे जनाइएकाे थियाे ।

भारतीय समाचार संस्था एएनअाइका अनुसार भारतीय सेनाले सीमा क्षेत्रकाे सुरक्षाका लागि जस्ताेसुकै कदम चाल्न सेना सक्षम रहेकाे जनाएकाे छ ।

सन् १९७५ पछि पहिलोपटक एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता भए पनि सोमबार राति गोली हानाहान भएको छ ।

चिनियाँ सेनातर्फ क्षति भएका बारेमा केही बताइएकाे छैन । यद्यपि एएनअाइले स्थानीय स्राेतलाइ उद्धृत गर्दै चीनतर्फ ४३ जनाकाे मृत्यु वा घाइते भएकाे जनाएकाे छ ।

पछिल्लाे भिडन्तबाट क्षति पुगलगत्तै स्थानीयस्तरका उच्च सैनिक अधिकृतबीच वार्ता शुरू भएकाे बताइएकाे छ ।

यसैबीच, राष्ट्रसंघका महासचिव एन्टाेनियाे गुटेरेसले सीमा क्षेत्रमा उत्पन्न तनाबप्रति चिन्ता व्यक्त गर्दै दुबै देशलाइ उच्चतम सावधानी अपनाउन अनुराेध गर्नु भएकाे छ ।