१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेरी बास्सै’की ‘अप्सरा आमा’को निधन, पशुपतिमा अन्त्येष्टि



तस्वीर : गोपीकृष्ण चापागाईं
अ+ अ-

काठमाडौं । ‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को निधन भएको छ ।

क्यान्सर पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको हो ।

श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाललगायत कलाकारको उपस्थिति रहेको थियो ।

श्रेष्ठले मेरिबास्सैमा सिताराम कट्टेल (धुर्मुस)को अर्को क्यारेक्टर खड्का जिको श्रीमती अप्सरा बनेकी थिइन् ।