काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि मार्की र कप्तानसहित सात खेलाडीलाई रिटेन गरेको छ ।
जनकपुरले बिहीबार मार्की खेलाडी आशिफ शेख र कप्तान अनिलकुमार साहसहित सात खेलाडीलाई रिटेन गरेको जनाएको छ ।
रिटेन हुने खेलाडीमा आशिफ र अनिलसँगै ललित राजवंशी, रूपेश सिंह, किशोर महतो, तुलबहादुर मगर र शुभ कंशाकार छन् ।










