२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानको संयोजकत्वमा राप्रपाद्वारा उपनिर्वाचन परिचालन समिति गठन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनलगायत विषयमा छलफल गरेको छ ।

बिहीबार धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जिल्ला समितिलाई आवश्यक प्रक्रिया र तयारी गर्न निर्देशन दिएको छ ।

उक्त क्षेत्रमा उठ्नका लागि सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । २०८२ असार मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।

साथै उपनिर्वाचनको तयारीलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ ।

परिचालन समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमितिका सदस्यहरू र आमन्त्रित सदस्यहरू सदस्य रहनेछन् ।

यस्तै, बैठकले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । साथै, बैठकले भिजिट भिसा प्रकरण र निजामती सेवा विधेयकका पनि टिप्पणी गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भदौ दोश्रो साता काठमाडौँमा बस्ने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 




भर्खरै