१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपोटिजमको शिकारमा कलिउडका कलाकार



अ+ अ-

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या नेपोटिजमको प्रतिफल भएको प्रसंग उठेसँगै नेपाली चलचित्र क्षेत्रमा पनि नेपोटिजमको कुरा उठाइएको छ ।

चर्चित अभिनेत्री कंगना रनावतसहित अन्य कलाकारले बलिउडमा नेपोटिजमले जरा गाडेको जनाएका छन् । भिनेत्री कंगना रनावतले भर्खरै समाजिक संजालमा नेपोटिजमकै कारण अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको हो भन्ने तर्क दिएसंगै सो भिडियो सामाजिक संजालमा भाईरल भएको थियो । यस्तै, नेपाली नायिका वर्षा शिवाकोटीले नेपाली चलचित्र क्षेत्रमा भएको पनि नातावादका कारण आफू पनि डिप्रेसनमा गएको बताएकी छन् । कलकारको क्षमता भन्दा पनि नतावाद हेरेर कलाकारको छनौट गरिने गरेको शिवाकोटीले जनाएकी छन् । नायिका नम्रता सापकोटाले पनि नेपाली चलचित्र क्षेत्रमा ‘परिवारवाद’ ले जरा गाडेको जनाएकी छन् । क्षमता भएका कलाकार भन्दा पनि आफ्नालाई प्रार्थमिकता दिने गरिएको उनी बताउछिन् ।

यस्तै, चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी भने नेपालमा नेपोटिजम भन्दा पनि नेप्टोजम र चेप्टोजम हावी भइरहेको बताउँछन् । ‘भारतमा परिवारवादको कुरा उठेसँगै नेपालमा पनि सुरु भएछ । हाम्रोमा नेपोटिजम होइन, नोप्टोजम र चेप्टोजमको समस्या छ । गलत मान्छेहरू यही दाउरोमा भात पकाउँछन् ।’ दिपकराज गिरीले फेसबुकमा पोष्ट गरेका छन् ।