२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगिज फुटबलर डिओगो जोटाको निधन



अ+ अ-

काठमाडौँ । लिभरपुलका स्टार खेलाडी डियोगो जोटाको निधन भएको छ ।

स्पेनिस पत्रिका मार्काले यसबारे पुष्टि गरेको छ । प्रिमियर लिग विजेता २८ वर्षीय पोर्चुगिज खेलाडीको कार दुर्घटनामा परी निधन भएको हो ।

दुर्घटना सानाब्रियाको जामोरा क्षेत्र नजिकै भएको थियो । पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी आफ्नो भाई आन्द्रेसँग यात्रा गरिरहेका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार, कारमा भयानक आगो लागेको थियो र आगो नजिकैको रुखहरुमा पनि फैलिएको थियो ।

जोटाले १० दिन अघि मात्र रुट कार्डोसोसँग विवाह गरेका थिए ।

जोटा २०२० मा वोल्भरह्याम्प्टनबाट ४४.७ मिलियन युरोमा लिभरपुलमा सामेल भएका थिए । त्यसबेलादेखि, उनले टोलिका लागि १८२ खेल खेल्दै ६५ गोल गरेका छन् र २६ असिस्ट प्रदान गरेका छन् ।

उनले लिभरपुलबाट तीन उपाधि जितेका छन् । एक प्रिमियर लिग (२०२४–२५), एक एफए कप (२०२१–२२) र एक लिग कप (२०२१–२२) ।