२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा स्थान बनाएको छ ।

आज भएको सेमिफाइनल खेलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेले । यस्तै, शिवान्स बजगाईं २३ रनका अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भयो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाए । तर, अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, शुभम खनालले ३ तथा कप्तान विपीन शर्मा र सचिव भट्टले एक–एक विकेट लिए ।

नेपालले अब उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।