१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई कार्यकालको सीमा हटाउने निर्णय महाधिवेशनकै सर्वसम्मत : महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीमा अहिले चर्चा चलिरहेको दुई कार्यकालको कार्यकारी व्यवस्था र ७० वर्षे उमेर हद दुवै प्रावधान विधानबाट हटाइसकिएको बताएका छन्।

बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशनपछि प्रकाशित विधानबीच देखिएको फरकलाई आधार बनाएर विधानमा छलछाम भइरहेको भनी गरिएको प्रचारलाई अस्वीकार गरेका छन्।

पोखरेलका अनुसार, २०७८ भदौमा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले पारित विधानलाई २०७८ मङ्सिरमा चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनले संशोधन गरेको थियो।

मङ्सिर ८ गते सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले दुई कार्यकालको प्रावधान हटाउने र केन्द्रीय कमिटीको आकार १९९ बाट बढाएर २९९ सदस्यीय बनाउने निर्णय गरेको उनले स्मरण गराए।

त्यस निर्णयलाई पार्टी विधानमा समावेश गर्न मङ्सिर ११ गते भएको बन्द सत्रमा प्रस्ताव पेस गरिएको थियो र उक्त सत्रले सर्वसम्मत रूपमा २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव पारित गरेको थियो।

पोखरेलले यसै संशोधित विधानको आधारमा डा. पुष्प कँडेललाई तेस्रो कार्यकालका लागि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएको उदाहरण पनि दिएका छन्।

साथै, उनले सचिवालयको निर्णय र केन्द्रीय कमिटीको प्रस्तावमार्फत नयाँ प्रवेशलाई व्यवस्थापन गर्ने उद्देश्यले ७० वर्षे उमेरको हद पनि विधानबाट हटाइएको बताएका छन्।