९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणिकरण



अ+ अ-

काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणिकरण गर्नु भएको छ ।

संघीय संसदको दुवै सदनबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ प्रमाणिकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्नु भएपछि नयाँ नक्साले आजबाट संवैधानिक मान्यता प्राप्त गरेको छ ।