९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २४ जनामा कोरोना संक्रमणः गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४८ पुग्यो



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार बिहान २४ जना नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा,कास्की, बागलुङ र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का २४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए।

उनकाअनुसार  बागलुङमा १४ जना, कास्कीमा ६ जना, स्याङ्जामा २ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ। शर्माकाअनुसार उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन्।