१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भारतीय प्रधानमन्त्री मोदी आफ्नै अभिव्यक्तिका कारण आलोचित

भारतीय प्रधानमन्त्री मोदी आफ्नै अभिव्यक्तिका कारण आलोचित
अ अ+ अ-

नयाँदिल्ली । सार्वजनिक भाषण र वाक्पटुताका लागि कहलिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो आफ्नै सार्वजनिक अभिव्यक्तिका कारण आलोचित भएका छन् । शुक्रबारको सर्वदलीय बैठकमा मोदीको चिनियाँ सेना भारतीय भूमिमा प्रवेश नगरेको भन्ने भनाइलाई लिएर विपक्षीहरु र पूर्वकूटनीतिज्ञहरुले चर्को आलोचना गरेका हुन् । चौतर्फी विरोध र आलोचना भएपछि भारत सरकारले मोदीको बचाउ गर्दै भनाइलाई तोडमोड गरिएको दाबी गरेको छ । गत सोमबार साँझ लद्दाखको गलवान क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त घटनाका सम्बन्धमा छलफल गर्न मोदीले नै शुक्रवार सर्वदलीय बैठक डाकेका थिए । बैठकमा मोदीले ‘पूर्वी लद्दाखको घटनाका सम्बन्धमा रक्षामन्त्री र विदेश मन्त्रीको कुरा सुने र प्रस्तुति पनि हेरेँ । न त उनीहरुले हाम्रो सीमामा पसेका छन् न त हाम्रो कुनै चौकी कसैले कब्जामा लिइएको छ,’ भनेका थिए । मोदीको उक्त भनाइलाई लिएर सबैतिरबाट आलोचना सुरु भएको हो । मोदीले शुक्रबारको सर्वदलीय बैठकमा राखेको भनाइप्रति विपक्षी दलदेखि पूर्वकूटनीतिज्ञसम्मले विरोध र आश्चर्य प्रकट गरेका थिए । उनीहरुले मोदीको उक्त भनाइ सरकारको यसअघिको अडानको खिलाफ भएको आरोप लगाएका थिए ।

हुन पनि भारतीय विदेशमन्त्री एस जयशंकरले बुधबार चिनियाँ विदेशमन्त्रीसँगको फोनमा कुराकानीमा चिनियाँ पक्षले भारततर्फको लाइन अफ एब्चुएल कन्ट्रोल (एलएसी) मा भौतिक संरचना निर्माण गर्ने प्रयास गरेका कारण झडपको स्थिति सिर्जना भएको दाबी गरेका थिए । ‘चिनियाँ पक्षको भारतीय भूमिमा संरचना निर्माण गर्ने सुनियोजित र योजनाबद्ध कार्य नै हिंसात्मक झडप र मानवीय क्षतिका लागि जिम्मेवार छ,’ उक्त टेलिफोन कुराकानीका विषय समेट्दै भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको थियो । जयशंकरको उक्तको दाबीको ठीक विपरीत शुक्रबारको सर्वदलीय बैठकमा मोदीले धारणा राखेपछि बबाल सुरु भएको हो । विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूवमन्त्री पी चिदम्बरमले शनिबार पत्रकार सम्मेलनमार्फत यदि चिनियाँ सैनिकहरु भारतीय भूमिमा प्रवेश नगरेको भए झडप कुन ठाउँमा र सैनिकहरु कहाँ मारिए भन्दै प्रश्न गरेका थिए । ‘यदि चिनियाँ सैनिकहरु भारतीय भूमिमा आएका होइनन् भने झडप कहाँ भयो । हाम्रा सैनिकहरु कहाँ मारिए ? यदि अतिक्रमण भएको छैन भने २० जना सैनिकहरुको बलिदान किन गरियो ?’ चिदम्बरमले भनेका थिए ।

त्यसैगरी भारतीय अनलाइन ‘द वायर’ सँगको कुराकानीमा पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले पनि मोदीको भनाइप्रति आश्चर्य व्यक्त गरेका थिए । ‘अतिक्रमणका सम्बन्धमा प्रधानमन्त्रीका भनाइ तथ्यहीन र भ्रामक छन् । यदि त्यसो हो भने किन र कहाँ हाम्रा सैनिकहरु मारिए ?’ उनलाई उद्धृत गर्दै द वायरले लेखेको छ । मोदीको शुक्रबारको भनाइप्रति सबैले आलोचना गरिरहेका बेला चिनियाँ विदेश मन्त्रालयबाट गलवान उपत्यकाका समबन्धमा जारी वक्तव्यले आगोमा घ्यू थप्ने काम गर्‍यो । भारत र चीनबीच लद्दाखको सीमावार्ती क्षेत्रहरु गलवान उपत्यका, तातो पानी र पांगगोंग छोमा विगतदेखि आमनेसामने हुँदै आएका छन् । त्यस क्षेत्रमा कोरिएको कृत्रिम सीमा एलएसी र त्यसको आसपासको भूभागको दाबीलाई लिएर यी दुई छिमेकीबीच विवाद हुने गरेको र बेलाबखत दुवै देशका सैनिकहरुबीच घम्साघम्सी पनि हुँदै आएको छ । यही क्रममा सोमबार राति दुई पक्षका सैनिकहरुबीच हिंसात्मक झडप भएको थियो । भारतले गलवान उपत्यकालाई आफ्नो दाबी गर्दै आएको थियो ।

तर, चिनियाँ विदेश मन्त्रालयबाट शुक्रबार अबेर राति जारी विज्ञप्तिमा चिनियाँ पक्षले गलवान उपत्यका आफ्नो भूभागमा पर्ने दाबी गरेको थियो । ‘गलवान उपत्यका धेरै वर्षदेखि एलएसीको चिनियाँ भूभागमा रहेको छ । चिनियाँ सैनिकले त्यस क्षेत्रको गस्ती गर्दै आएका छन् । गत अप्रिलदेखि भारतीय पक्षले एकतर्फी रूपमा निरन्तर सडक, पुल र अन्य पूर्वाधार बनाउँदै आएको र चीनले धेरैपटक विरोध गरे पनि भारतीय पक्षले एलएसीमा थप अगाडि बढेको र परिस्थितिलाई भड्काउने काम गर्यो’ चाओ लिझाङनद्वारा विज्ञप्तिमा भनिएको थियो । लिझाङले शनिबार बिहान ट्वीटमार्फत त्यही कुरा दोहोर्याए । चिनियाँ पक्षबाट आएको पछिल्लो दाबीले मोदी सरकारलाई थप अप्ठ्यारोमा पार्‍यो । त्यसपछि सरकारले चिनियाँ दाबीको सम्बन्धमा प्रस्ट पार्नुपर्ने माग हुन थालेको थियो । विपक्षीहरुले मोदी सरकारमाथि गलवान उपत्यकामा चीनलाई जिम्मा दिएको समेत आरोप लगाउन थाले । ‘चीनले गलवान उपत्यकामा आफ्नो दाबी दोहोर्‍याएको छ । सरकारले तत्काल प्रस्ट पार्नुपर्‍यो । यसमा सरकारको भनाइ छ, के चीनको उक्त दाबी सरकारले अस्वीकार गर्छ ?’ चिम्दबरमले शनिबारको पत्रकार सम्मेलनमा भनेका थिए ।

चौतर्फी रूपमा विरोध सुरु भएपछि शनिबार प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकाल्दै सैनिकहरुको मनोबल गिराउने नियतले मोदीको भनाइको तोडमोड गरिएको आरोप लगाएको छ । ‘हाम्रो भूमि अतिक्रमण गर्ने खोज्नेहरुलाई हाम्रो धर्तीका सहासी छोराहरुले उचित जवाफ दिएका छन्, म विश्वस्त पार्न चाहन्छु कि हाम्रा सेनाले सीमा रक्षाका कुनै कमी छाड्ने छैनन्,’ मोदीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ । साथै १६ बिहार रेजमेन्टका सैनिकहरुले आफ्नो ज्यानमा खेलेर चिनियाँ पक्षको अतिक्रमण गर्ने र संरचना निर्माणको प्रयासलाई असफल पारेको भनाइसमेत मोदीले राखेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी बैठकमा मोदीले भारतको नक्सामै भारतीय भूमि प्रस्ट भएको र सरकारले एलएसीमा एकतर्फीमा हेरफेर हुन नदिने धारणा राखेको जनाइएको छ ।

गलवान उपत्यकामा चिनियाँ दाबीलाई लिएर विदेश मन्त्रालयले समेत विरोध जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा गलवान उपत्यका क्षेत्रमा ऐतिहासिक रूपमै भारतको रहेको दाबी गरिएको छ । ‘गलवान क्षेत्रको वास्तविकता ऐतिहासिक रूपमा प्रस्ट छ । चिनियाँ पक्षबाट एलएसीका सम्बन्धमा अतिरञ्जित र गलत दाबी स्विकार्य छैन । यी दाबीहरु चीनको विगतको आफ्नै अडानका विरुद्धमा छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि रक्षामन्त्री राजनाथ सिंहले पनि घटनाका सम्बन्धमा गरेको ट्वीटलाई लिएर आलोचना खेप्नुपरेको थियो । सिंहले बुधबार ट्वीटमार्फत गलवानमा सैनिकहरुको मृत्युबाट अत्यन्त दुस्खी र ममार्हत बनाएको छ । हाम्रा सैनिकहरुले कतव्र्यपालनको क्रममा अदम्य साहस र वीरता देखाउँदै वीरगति प्राप्त गरेका छन्,’ सिंहको ट्वीटमा भनिएको थियो । तर, सिंहको ट्विटमा चीनको विरोध नगरिएको भन्दै कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले चर्को आलोचना गरेका थिए । उनले ट्वीटमार्फत एउटा भिडियो सन्देश जारी गर्दै रक्षामन्त्री सिंहले चीनका केही नबोलेर भारतीय सैनिकहरुको अपमान गरेको आरोप लगाएका थिए । कान्तिपुर दैनिक