१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भारत/चीन सीमा विवाद: शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई नेपालको आग्रह

भारत/चीन सीमा विवाद: शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई नेपालको आग्रह
अ अ+ अ-

काठमाडौं । भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई आग्रह गरेको छ । नेपाल सधैं क्षेत्रीय र विश्वशान्तिको पक्षमा रहेको भन्दै गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान गर्ने विश्वास नेपालले व्यक्त गरेको छ । ‘गलवान उपत्यकाको पछिल्लो घटनाक्रमको सन्दर्भमा भारत र चीनले राम्रो छिमेकीको भावनाले, आपसी शान्तिपूर्ण द्विपक्षीय, क्षेत्रीय, विश्वशान्ति र स्थिरताको पक्षमा समस्याको समाधान गर्नेमा हामी ढुक्क छौं,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । लद्दाखको गलवान घाटीमा भएको भारतीय—चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो । सो घटनाको भारत र चीनले एकअर्कालाई आरोपप्रत्यारोप लगाइरहेका बेला नेपालले भने शान्तिपूर्ण तवरमा समस्या हल गर्न भनेको छ । सात देशसँग भारतको सीमा जोडिएको छ ।

भारतको भूमि सीमाको कुल लम्बाइ १५ हजार १ सय ६ दशमलव ७ किलोमिटर रहेको छ । त्यसबाहेक ७ हजार ५ सय ६ दशमलव ६ किलोमिटर लामो समुद्री सीमा छ । चीनसँग भारतको ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा रहेको छ । यो सीमा जम्मू काश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम र अरुणाचल प्रदेशमा रहेको छ । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीच दोहोरो भिडन्त हुँदा मानवीय क्षति भएको थियो । सन् १९६६ मा दुई देशबीच सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा भएको सम्झौताको ६ नम्बर बुदाँले हिंसालाई प्रश्रय दिएका कारण सो घटना हुन पुगेको भारतमा टिप्पणी भइरहेको छ । सन् १९६६ मा तत्कालीन चीनका राष्ट्रपति जियाङ जेमिनको भारत भ्रमणका क्रममा तत्कालीन भारतीय प्रधानमन्त्री एचडी देवगौडासँग ‘एलएसीमा सैन्य क्षेत्रमा विश्वास कायम राख्ने’ सम्झौतामा हस्ताक्षर भए पनि आफ्नो सीमा क्षेत्रको पोस्टमा कुनै खतरा हुन्छ भने सबैखाले हतियार चलाउन पाइने ६ नम्बर बुदाँमा राखिएको छ । चीनले सोही बुँदामा भएबमोजिम भारतीय सेना आफ्नो क्षेत्रमा आएपछि आपूmहरूले कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । तर, भारतीय सैनिकले भने चिनियाँ सेनाले सीमा क्षेत्र नाघेपछि झडप भएको जनाएको छ ।

भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा जोडिएको छ । त्यसमध्ये अरुणाञ्चलदेखि लद्दाखसम्मका धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोल कुन हो भन्ने टुंगो लागेको छैन । लामो समयदेखि सो सीमा क्षेत्रको विषयलाई लिएर चीन र भारतका सैनिकबीच धकेलाधेकलसम्मको अवस्था थियो । तर, गत सोमबार एक्कासि चीन र भारतका सेनाबीच दोहोरो भिडन्त हुँदा २० भारतीय सेना मारिए । भारतीय सेना मारिएपछि अहिले दुई देशको तनाव अझै मत्थर भइसकेको छैन । सीमाको विवादमा भएको झडपमा भारतलाई क्षति भएपछि चीनविरोधी भावना बढेको छ । भारतीय टेलिभिजन च्यानलहरू हेर्ने हो भने अब भारत पूरै चीनविरोधी भएर जान्छ भन्नेमा केन्द्ति छ । उसका उत्पादन बहिष्कार गर्नुपर्छ भन्ने समाचारलाई बढावा दिइएको छ । तर, अहिले नै भारतले चिनियाँ सामग्री आयात बन्द गर्ने अवस्था भने छैन । राजधानी दैनिक