५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गालीगलौज गर्नेहरुविरुद्ध एलिना साइबर ब्यूरोमा



अ+ अ-

काठमाडौँ । गायिका एलिना चौहान साइबर ब्यूरो पुगेकी छन् ।

आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरुविरुद्ध जाहेरी दिन उनी साइबर ब्यूरो पुगेकी हुन् ।

चौहानसँगै गायिका समीक्षा अधिकारीले पनि केही दिनदेखि सामाजिक सञ्जालमा त्यस्ता व्यक्तिहरुको प्रोफाइल नै सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् ।

एलिनाले १० दिनको ब्रेक लिएरै आफूमाथि अपाच्य शब्द प्रयोग गर्ने, नीजि जीवनमै असर गर्ने गरी टिप्पणी गर्ने, मानसिक स्वास्थ्यमाथि नै असर गर्ने खालका कमेन्ट गर्नेहरुलाई सञ्जालमा अभियान चलाएको बताउँछिन् ।

यो बीचमा भएका कार्यक्रमहरुलाई पोस्टपोन्ड समेत गर्नुपर्यो । अब कानुनी प्रक्रिया र सञ्जालको अभियान सँगसँगै अगाडि बढाउने उनको तयारी छ ।