२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भाषण र नाराबाजी गर्ने ठाउँ होइनः सभाुमख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदलाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

संसद दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले संसदको भूमिकालाई बहस, भाषण र नाराबाजी गर्ने मञ्चको रुपमा विकास गर्न नहुने उहाँको भनाइ छ । उहाँले गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेका प्रयासहरूलाई विफल पार्न संसदले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले संसदको प्रभावकारितामाथि प्रश्न खडा गर्नेमात्र नभई संसदीय व्यवस्था र प्रणालीमाथि चुनौती खडा गर्ने वितण्डताहरु भोगिरहेको उल्लेख गर्दै व्यवस्था र प्रणालीको रक्षाका लागि एकजुट हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद भाषण र नारावाजी गर्ने ठाउँ होइन । यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रुपबाट यसलाई लानुपर्छ । जनताको आस्था बलियो बनाउने कुरा संसदले खेल्ने भूमिका हो । त्यो भूमिका खेल्नको लागि अहिले आइरहेका बहुआयामिक चुनौतीहरु छन् । खासगरी गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन सकिन्छ कि भनेर अनेक ढंगबाट गरिएका कोशिषहरु निष्फल पार्नु नै आजको प्रमुख आवश्यकता र कर्तव्य हो । त्यसो गर्नको लागि संसदमाथि आशा, विश्वास जगाउनेगरी कामहरु गर्नुपर्छ । यसरी काम गर्ने सन्दर्भमा पूर्वसांसदहरुको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । उहाँहरुसँग भएको योग्यता र क्षमतालाई अहिलेको चुनौतीहरुलाई सामना गर्नको लागि सरकारको तर्फबाट खासगरी संसदको तर्फबाट अझै धेरै कामहरु गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।’

संसदलाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको उहाँको भनाइ छ ।