६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी लगानी बढ्दैः चालू आर्थिक वर्षमा ४३ अर्ब ७१ करोडको प्रतिबद्धता



अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिना (जेठसम्म) ४३ अर्ब ७१ करोड विदेशी लगानीको प्रतिबद्धता आएको छ। पछिल्लो समय लगानीको वातावरण बन्दै गएपछि विदेशी लगानीको प्रतिवद्धता पनि बढ्दै गएको छ। उद्योग विभागकाअनुसार एक सय ८५ उद्योगमा ४३ अर्बभन्दा बढी विदेशी लगानी आएको हो। गत वर्ष सोही अवधिमा दुई सय ९१ उद्योग स्थापना गर्न २१ अर्ब २४ करोड विदेशी लगानी भित्रिएको थियो। विभागकाअनुसार सबभन्दा धेरै उर्जा क्षेत्रमा र दोस्रोमा सूचना प्रविधि क्षेत्रमा विदेशी लगानी प्रतिवद्धता आएको छ। पाँचवटा उर्जा उद्योगमा ११ अर्ब ८२ करोड विदेशी लगानी प्रतिवद्धता आएको छ। ३२ वटा सूचना प्रविधि उद्योगका क्षेत्रमा १० अर्ब ५५ करोड लगानी प्रतिवद्धता आएको हो। त्यसपछि पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षित भएको छ।

पर्यटनका ६९ उद्योगमा नौ अर्ब लगानी प्रतिवद्धता आएको छ। सेवामूलकका ५३ उद्योगमा आठ अर्ब ७२ करोड लगानी प्रतिवद्धता आएको छ। विभागकाअनुसार २२ वटा उत्पादनमूलक उद्योगमा तीन अर्ब लगानी प्रतिवद्धता आएको छ भने कृषि तथा वनजन्य क्षेत्रका लागि पनि ५३ करोड लगानी प्रतिवद्धता आएको छ। जेठसम्म आएको विदेशी लगानी प्रतिवद्धतामा नौ हजार चार सय नौ जनालाई रोजगारी दिने उल्लेख छ। तर गत वर्ष ११ हजार पाँच सय १४ जनालाई रोजगारी दिने प्रतिवद्धता गरिएको थियो।

नेपालसहित विश्व नै कोरोना भाइरस (कोभिड १९)ले थिलथिलिएको भएपनि लकडाउनकै (चैत्र–जेठ) समयमा विदेशी लगानी प्रतिवद्धता झण्डै एक अर्ब छ। विभागका अनुसार लकडाउनको अवधिमा मुलुकको उद्योग क्षेत्रमा ९५ करोड २० लाख रुपैयाँको प्रतिवद्धता आएको हो। कोभिड १९ को परिस्थितिका बाबजुट भारत, चीन, मलेसिया, सिंगापुर र नेदरल्याण्ड गरी पाँच वटा मुलुकबाट १२ वटा उद्योग स्थापना गर्ने भन्दै लगानी प्रतिवद्धता गरेका हुन्। उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाकाअनुसार कोभिडको असामान्य परिस्थितिमा पनि लगानी प्रतिवद्धता आउनु सकारात्मक भएको बताए। ती मुलुकका नागरिकले १२ वटा विभिन्न क्षेत्रका उद्योगमा लगानी गर्न चाहेका छन्। लकडाउनको समयमा सबैभन्दा बढी सेवा क्षेत्रमा विदेशी लगानी आकर्षित भएको छ।

विभागकाअनुसार आठवटा उद्योग स्थापना गर्ने भन्दै ७५ करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएका छन्। त्यस्तै पर्यटन विदेशीको दोस्रो प्राथमिकतामा परेको छ। तीन वटा पर्यटन उद्योगमा १५ करोड र सूचना प्रविधिमा एउटा उद्योग स्थापना गर्ने पाँच करोड लगानी प्रतिवद्धता आएको छ। विदेशीहरुले सुनसरीसहित काठमाडौं उपत्यकामा लगानी गर्ने जनाएका छन्। लकडाउनको अवधिमा तीन जनालाई रोजगारी दिने प्रतिवद्धता गरिएको छ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी प्रत्यक्ष आउन नसके उनीहरुका प्रतिनिधिहरुले लगानी स्वीकृति गराएको महानिर्देशक सिटौलाले बताए। सिटौलाकाअनुसार लगानी स्वीकृतका लागि अन्य चार वटा निवदेन परेका छन्। लकडाउनको समयमा अन्य देशको तुलनामा चीनबाट बढी लगानी प्रतिवद्धता आएको छ। चीनका लगानीकर्ताले सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रमा गरी आठ वटा उद्योग स्थापना गर्ने घोषणा गरेका छन्। अन्नपुर्णपोष्ट दैनिक
 




भर्खरै