२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई जवाफ दिँदै गायिका समीक्षा अधिकारीले भनिन्, ‘महेश बस्नेतको स्टाटसले विक्षिप्त छु’



अ+ अ-

काठमाडौं । गायिका समीक्षा अधिकारीले नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या हुने गरी फेसबुक स्टाटस लेखेको बताएकी छन् ।

उनले कुनै घटनाबाट आफूलाई चोख्याउने प्रयासमा बस्नेतले यस्तो कार्य गरेको पनि बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बस्नेतको कार्यले आफू अत्यन्त विक्षिप्त बनेको बताएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको फेसबुक पोस्टले आफूलाई केही हौसला र राहत मिलेको भए पनि प्रधानमन्त्रीकै विश्वासपात्र बस्नेतको पोस्टले भने आफूलाई थप पीडा दिएको अधिकारीको भनाइ छ ।

उनले लेखेकी छन्, “सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु ।”

गायिका अधिकारीले जनताको अदालतभन्दा ठूलो अरू केही नभएको बताउँदै, आफ्नो जीवनमा जानाजान हारेर पनि कसैलाई जिताएर आएको कुरा तीन करोड जनतालाई थाहा भएको उल्लेख गरेकी छन् । उनले नेता बस्नेतलाई धेरै कुरा भन्न नलगाउनसमेत चेतावनी दिएकी छन् ।

अधिकारीले बस्नेतलाई प्रश्न गर्दै भनेकी छन्, “बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो…..?”