२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सक्रिय राजनीतिमा फर्कने विद्याले खोज्दै गरेको बाटो



अ+ अ-

काठमाडौं । नेकपा एमालेभित्र बहस चर्किरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज सक्रिय राजनीतिमा फर्कने बाटो खोज्दै हुनुहुन्छ ।

अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत राजनीतिमा फर्किंदा अप्ठ्यारो हुनसक्ने भन्दै उहाँले एमालेको मूल नेतृत्व र अन्य नेतृत्वसँग सहकार्य गर्ने बाटोबाटै अघि बढ्न खोज्नुभएको छ ।

एमालेका नेताहरुका अनुसार उहाँ आजैदेखि सक्रिय राजनीतिमा फर्कनुहुने छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आज हुने मदन भण्डारी फाउन्डेशनको कार्यक्रमबाट पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्किएको घोषणा गर्न लाग्नुभएको हो ।

७४ औं मदन जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री ओलीलाई बनाइएको छ । ओली आजै स्पेन भ्रमणमा जाने कार्यक्रमसमेत छ । दिउँसो मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गरेर साँझ ६ बजे प्रधानमन्त्री स्पेन प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय हुन लागेको चर्चालाई सन्दर्भ बनाएर कडा भाषण गरेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज गर्ने सम्बोधनले प्रष्ट संकेत गर्ने नेताहरुको भनाइ छ । यो कार्यक्रमको आयोजनाकै सन्दर्भमा पनि लामो छलफल र रस्साकस्सी भएको बताइन्छ ।

दुई कार्यकाल राष्ट्रपतिमा रहेर शीतल निवासबाट बिदाइ भइसकेकी भण्डारीले एमाले अध्यक्ष ओली प्रमुख अतिथि रहने फाउन्डेशनको कार्यक्रमबाट राजनीतिकमा फर्किएको सन्देश दिन खोज्नुभएको हो ।

भण्डारी राष्ट्रपतिबाट बिदा भएपछि कोशी, लुम्बिनी र कर्णाली प्रदेशको भ्रमण गरेर फर्किसक्नुभएको छ । उहाँ यसबीचमा उत्तरी छिमेकी चीनकोसमेत भ्रमण गरेर आइसक्नुभएको छ ।

भण्डारीलाई चिनियाँ नेताहरूले नेपालका कम्युनिष्ट दलहरू मिलाएर तिनको नेतृत्व गर्न शुभेच्छा दिएर पठाएको बताइएको छ ।

एमालेमा फर्किनका लागि उहाँले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक संवाद पनि गरिसक्नुभएको छ । पछिल्लो पटक केही दिनअघि भण्डारीले बालुवाटार नै पुगेर ओलीसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ । यो संवादलाई भण्डारी एमालेमा फर्किने एउटा बिन्दुका रुपमा नेताहरुले ब्याख्या गरिरहेका छन् ।

मदन भण्डारी फाउन्डेशनले आज गर्ने कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी विशेष अतिथिका रुपमा जानुहुने छ । त्यहीँबाट उहाँले एमालेको राजनीतिमा फर्किने सन्देश दिन लाग्नुभएको हो ।

भण्डारी एमालेको राजनीतिमा फर्किएमा पार्टीबाट बाहिरिएका नेताहरू पनि फर्किन सक्ने अनुमान गरिँदैछ । माधवकुमार नेपाल, भीम रावल र वामदेव गौतमसहितका नेताहरूका लागि एमालेमा फर्किन पनि भण्डारी चाहिने वकालत एउटा पक्षले गरिरहेको छ ।

आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनमा ७० वर्षे उमेर हदको विषय पेचिलो बनेको छ । त्यही महाधिवेशनलाई लक्षित गर्दै भण्डारीले एमालेमा औपचारिक रुपमै सक्रियता बढाउन खोज्नुभएको हो ।

७४ वर्ष लागिसकेका ओली हाल निलम्बनमा रहेको ७० वर्षे उमेर हद हटाउने पक्षमा हुनुहुन्छ । तर भण्डारी ७० वर्षे कायमै राखेर ओलीलाई बिदा गर्ने पक्षमा देखिनुभएको छ ।




भर्खरै