१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा – फोटोफिचर



अ+ अ-

काठमाडौँ । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उद्योगको उदघाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताउनुभयो ।

यस्तै, स्वदेशमै गुणस्तरीय फाइबर बोर्ड उत्पादन गर्ने उद्देश्यसहित देशमै पहिलो अत्याधुनिक उद्योग सञ्चालनमा ल्याइएको समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो ।

तीन बिघामा उद्योग र एक बिघामा कच्चा पदार्थ रहने छ । अहिले ७० हजार बर्गफिट बोर्ड उत्पादन क्षमता रहेपनि बजार मागअनुसार क्षमता अभिवृद्धि गर्न सकिने बताइएको छ । उद्योगमा सन् २०२२ को चिनियाँ लेटेस्ट प्रविधिको मेसिन जडान छ ।

उद्योगको उत्पादनमा करिब ५० प्रतिशत सिमेन्ट र अरु ५० प्रतिशत फाइबर लगायत अन्य कच्चा पदार्थ प्रयोग हुने बताइएको छ । ९५ प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग हुने दाबी छ । उद्योगबाट ४ देखि ३० मिलिमिटरसम्मका सिमेन्ट फाइबर बोर्ड उत्पादन हुनेछन् । सिमेन्टमा फाइबर मिसाएर बोर्ड तयार गरिन्छ । फाइबर सिमेन्ट प्रुफ र ननवाटर प्रुफ दुबैमा उपलब्ध हुने बताइएको छ ।

अहिले बार्षिक दुई अर्बभन्दा बढीको सिमेन्ट फाईबर बोर्ड आयात हुने गरेको छ । सिमेन्ट फाइबर बोर्डको आयात प्रतिस्थापन गरि निर्यातसम्म गर्ने समूहको योजना छ । यसअघि समूहले महोत्तरीको गौशालामा करिब २ अर्ब रुपैयाँ लगानीमा ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीज’ स्थापनासँगै उत्पादन सुरु गरेको थियो ।

कागज उद्योग सञ्चालनमा ल्याएको केही महिनामै समूहले दोस्रो उत्पादनमूलक उद्योगको रुपमा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा ल्याएको हो ।

आइएमई ग्रुपले विगतमा विप्रेषण सेवा, बैंकिङ, बीमा, पर्यटन, जलविद्युत् र सूचना प्रविधि लगायतका क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गरिसकेको छ ।

निर्माण व्यवसायका लागि अत्यन्त उपयोगी मानिने फाइबर सिमेन्ट बोर्डले घर, अफिस र औद्योगिक संरचनामा बहुउपयोगी सामग्रीको रुपमा स्थान बनाउने अपेक्षा गरिएको छ । वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै सञ्चालन गरिने यो उद्योगले उच्च गुणस्तरका उत्पादनमार्फत प्रतिस्पर्धी बजारमा आफ्ना उत्पादन प्रस्तुत गर्ने योजना बनाएको छ ।