१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

कक्षा १० को परीक्षा कार्यविधि सार्वजनिक, साउन १५ भित्र परीक्षाफल प्रकाशित गरिने

कक्षा १० को परीक्षा कार्यविधि सार्वजनिक, साउन १५ भित्र परीक्षाफल प्रकाशित गरिने
अ अ+ अ-

राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्नेगरी कार्यवधि तयार गरेको छ । कार्यविधिअनुसार सबै विद्यालयले यही असार २० गतेसम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यही ३० गतेभित्र सबै अंक बोर्डमा पठाउने तयारी गरेको छ । विद्यालयको मूल्यांकन समिति र एकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षराङ्क पद्धतिमा समाविष्ट गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ । बार्डले आज बुधबार सबै विद्यालयल र एकाइलाई सोसम्बन्धी निर्देशन दिनेछ । परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाको कार्यविधि तयार भएलगत्तै आज बुधबारबाट प्रक्रिया शुरु हुने जानकारी दिए । साउनको तेस्रो ७ गतेबाट कक्षा ११ को नयाँ शैक्षिक सत्र शुरु हुनेगरी परीक्षाफल प्रकाशित गर्ने तयारी भएको जानकारी गराउँदै परीक्षा नियन्त्रक खकुरेलले सोहीअनुसार तयारी गरेको बताए ।

बोर्डले मंगलबार माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि पारित गरेलगत्तै आन्तरिक कार्यतालिका तयार गरेको हो । सोमबार बसेको बोर्डको बैठकले कार्यविधि पारित गरेपनि केही त्रुटि भएको कारण हिजो मंगलबार सार्वजनिक गरेको हो । कोरोनाको महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० को परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधिसमेत अनिश्चित रहेको हुँदा विद्यार्थीको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ४ट(१) मा उल्लिखितमध्ये कक्षा १० का विद्यार्थीको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने उल्लेख गर्दै ऐनको दफा २० अनुसार बोर्डले कार्यविध तयार गरेको हो ।

कार्यावधिमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष रहनेगरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था गरेको छ । समितिमा सम्बन्धित कक्षा शिक्षक, माध्यमिक तहका शिक्षकहरुमध्य नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ, शिक्षक प्रतिनिधि सदस्य हुने व्यवस्था गरिएको छ । सैद्धान्तिक मूल्यांकनको लागि माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरुमध्ये अधिकतम पाठ्यक्रम समावेश हुनेगरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने व्यवस्था उल्लेख गरिएको छ । प्रयोगात्मक मूल्यांकनअनुसार प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यसअगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिमा खुला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिमको प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख छ । विद्यालयले राखेको अभिलेख बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म मूल्यांकन विवरण गोप्य राख्नुपर्नेछ । विसं २०७६ सालको एसइई परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेभएका छन् । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले सरकारको निर्देशनअनुसार कार्यविधि तयार गरेको बताए । उनले भने, ‘कार्यविधिमा उल्लेख गरेअनुसार आज बुधबारबाटै प्रक्रिया शुरु हुनेछ ।’ नेपाल समाचारपत्र दैनिक