४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक सर्‍यो



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ः०० बजे बस्न तय भएको भएपनि दिउँसो ३ बजेलाई सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ ।