११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध काम गरेका छौँः चिरीबाबु महर्जन

एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध काम गरेका छौँः चिरीबाबु महर्जन
अ अ+ अ-

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध रुपमा काम गरेको बताउनुभएको छ । पन्ध्रौँ अन्तरराष्ट्रिय एकल महिला दिवसका अवसरमा मानवअधिकारका लागि महिला एकल महिला समूहद्वारा आज ललितपुरमा आयोजित समारोहमा मन्तव्य राख्दै महानगर प्रमुख महर्जनले एकल महिलाले धेरै पीडा भोग्नुपरेको कुराका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै आफ्नो पहिलो कार्यकालदेखि नै सहकार्य गरेर काम गर्दै आएको बताउनुभयो ।

“कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध कायम ग¥यौँ, कोरियाको कृषिको राम्रो काम हामीले भित्र्याउन प्रयास गरियो, त्यसको सुरुआत सुनाकोठीको छहारी एकल महिला समूहलाई सहयोग गरेर काम गरिरहेका छौँ, महानगरभित्रका हरेक एकल महिला समूहसँग राम्रोसँग सहकार्य गरेर काम गरिरहेका छौँ, भविष्यमा पनि गर्छौं”, उहाँले भन्नुभयो । महानगरप्रमुख महर्जनले ललितपुरले सामाजिक क्षेत्रमा राम्रो काम गरिरहेको छ भन्दै त्यसमा एकल महिलाको हितका लागि गरिएको काम पनि महत्वपूर्ण कार्यका रुपमा रहेको बताउनुभयो ।

युएन वुमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेनले एकल महिलाको न्यूनतम आवश्यकता परिपूर्ति, स्वाभिमानको प्रत्याभूतिहरुका लागि ध्यान दिनुपर्ने र उनीहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सक्षम बन्न र आर्थिक सशक्तिकरणका लागि एकल महिलाको सङ्घर्ष अझै बाँकी रहेको धारणा राख्नुभयो ।

वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले एकल महिलाहरुलाई सशक्त र सक्रिय बनाउन वडा तहबाट धेरै कार्यक्रम उपलब्ध गराउँदै हौसला बनाउने तथा उनीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गरिरहेको जानकारी गराउनुभयो ।

सभा नेपालका अध्यक्ष उषा डङ्गोलले एकल महिलाहरुको अहिले पनि आर्थिक र मानसिक पीडा अझै चुनौतीपूर्ण रहेको बताउनुभयो । मानवअधिकारका लागि महिला एकल महिला सामूहिक अध्यक्ष कविता पाँडेले एकल महिलाका पीडा र समस्यालाई हेर्ने सोच राम्रो हुनुपर्ने बताउनुभयो ।

‘जीवन निर्माण र मर्यादा पुनस्र्थापित गर्न एकल महिलाहरूलाई सशक्त बनाऔँ’ भन्ने नारासहित १५औँ अन्तरराष्ट्रिय एकल महिला दिवस मनाइएको हो । सन् २०१० मा सयुक्त राष्ट्रसङ्घद्वारा जुन २३ को दिनलाई अन्तरराष्ट्रिय एकल महिला दिवसका रुपमा पारित गरेको थियोे । सोही अनुसार सन् २०११ देखि एकल महिलाका क्षेत्रमा कार्य गर्ने विभिन्न मुलुकका सङ्घ संस्थाहरुले समेत अन्तरराष्ट्रिय एकल महिला दिवस मनाउँदै आइरहेका छन् । नेपालमा पनि मानव अधिकारका लागि महिला, एकल महिला समूहले विभिन्न वकालतमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरबाट नै एकल महिलामाथि हुने विभेद र असमानताको अन्त्य हुनुपर्दछ भनिए तापनि लैङ्गिक विभेद, सामाजिक सांस्कृतिक संरचनाका कारणले एकल महिलाले सम्पत्तिमाथिको अधिकार प्राप्तिमा कठिनाइलगायत अन्य विभेद तथा दुव्र्यवहार लामो समयदेखि नै भोग्दै आइरहेको अवस्था छ ।