६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको स्रोत साधनकै आधारमा बजेट विनियोजन भएको छः सांसद डा. महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८२/८३ का लागि मुलुकको स्रोत साधनको आधारमा नै बजेट विनियोजन भएको बताउनुभएको छ ।

शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद महतले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयहरुमा विनियोजित बजेटको सही उपयोग हुन्छ कि हुँदैन र बजेट सदुपयोगको सम्भावना र प्राथमिकताको आधारमा खर्च भयो कि भएन भन्ने महत्वपूर्ण सवाल रहेको टिप्पणी गर्नुभयो ।

डा. महतले सरकारले विनियोजित बजेट कार्यान्यनतर्फ जोड दिनुपर्ने बताउँदै कनिका छरेजसरी बजेट छरिदिने परम्पराले परिणाम नआउने दाबी गर्नुभयो । ठूला र महत्वपूर्ण योजना संघीय सरकारले नै गर्नुपर्ने बताउँदै उहाँले विकास कसरी गर्नुपर्छ भनेर प्रदेश र स्थानीय तहलाई उदाहरणका रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मूलत मन्त्रालयगत विनियोजनको कुरा गर्दा यसैपनि हाम्रो बजेटको आकार थोरै छ । देशको साधन स्रोत नै थोरै छ, जुन हिसावले मन्त्रालयगत विनियोजन हुने नै भयो । जति साधनस्रोत विनियोजित भएको छ सम्बन्धित मन्त्रालयमा । उपशीर्षकहरुमा कसरी बजेट विनियोजन गरिएको छ । प्राथमिकीकरण गरिएको बिनियोजित बजेटको राम्रोसँग उपयोग हुन्छ कि हुँदैन ? त्यो नै महत्वपूर्ण सवाल हो भन्ने मलाई लाग्छ । प्राप्त विनियोजनको सदुपयोग गर्ने सम्भावना कति छ र प्राथमिकताको आधारमा खर्च भयो कि भएन भन्ने कुरा महत्वपूर्ण हो । मन्त्रालयहरुले आउने दिनमा बजेटलाई कसरी कार्यान्वयन गर्छ त्यसपछि भन्न सकिने अवस्था हुन्छ ।

जहाँसम्म परराष्ट्र मन्त्रालयको अत्यन्त महत्वपूर्ण भूमिका छ । परराष्ट्र नीतिको कार्यान्वयन गर्ने मुख्य निकाय नै परराष्ट्र मन्त्रालय हो र यसलाई राष्ट्रिय बजेटको १५.८ प्रतिशत बजेट थपिएको छ । तथापी बढाउनु आवश्यक थियो । अहिले जुन अन्तर्राष्ट्रिय परिस्थिति छ, यो आर्थिक सहयोगलाई परिचालन गर्नपनि परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ । र, हाम्रा मिसनहरुलाई प्रभावकारी बनाउने कुरामा पनि यसको भूमिका हुन्छ । मलाई लाग्छ अहिलेको परराष्ट्र मन्त्रालयको नेतृत्व गरिरहनुभएका मन्त्रीले आफ्नो गतिविधिलाई पनि यथेष्ट मात्रामा बढाउनुभएको छ । थप बजेटले कुटनीतिक गतिविधिलाई अझ शसक्त रुपमा परिचालन गर्न मद्दत पुग्नेछ भन्ने लागेको छ । तर, स्रोत साधन अझै थप्नुपर्ने आवश्यकता देख्दछु ।

शिक्षा मन्त्रालय अत्यन्तै महत्वपूर्ण छ, शिक्षा विधेयकमा पनि कुरा भइरहेको छ, शिक्षक आन्दोलनको पनि कुरा आइरहेको छ । मन्त्रालयलाई जुन बजेट विनियोजन गरिएको छ अब हाम्रो राष्ट्रिय बजेट बढेको तुलनामा कम हो । तर, शिक्षा विधेयक पारित भइसकेपछि आर्थिक दायित्व बढ्नेवाला छ । त्यसकारण शिक्षा क्षेत्रलाई कसरी प्रभावकारी बनाउन सक्छौं, हाम्रो शिक्षालाई गुणस्तरीय बनाउनसक्छौं भन्ने विषयमा विनियोजित बजेट तलब भत्तामा मात्र सीमित हुन्छ कि शिक्षाको गुणस्तर बढाउनका लागि महत्वपूर्ण काम गर्न सक्छ । गृहमन्त्रालय जुन महत्वपूर्ण मन्त्रालय हो । यसले पूँजीगत खर्चका कुरा भन्दा पनि शान्तिसुरक्षा सुनिश्चित गर्ने कुराहरुमा बजेट खर्च हुन्छ । त्यसो हुनाले अब नेपाल सरकारले विनियोजित बजेटको कार्यान्वयनतर्फ जोड दिनुपर्छ । त्यतातिर जोड नदिने हो भने कनिका छरेजस्तो छरिदिने परम्पराले परिणाम निस्किदैन । संघीय सरकारले मुख्यमुख्य आयोजनाहरु गर्नुपर्छ र सोहीअनुरुप प्रदेश र स्थानीय तहलाई उदाहरण बनोस् ।

छुट्याइएका बजेटमा मन्त्रालयको कार्यान्वयन हेरेपछि मात्र त्यसबारेमा टिप्पणी गर्नसकिने डा. महतले बताउनु भयो ।