४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

थप फ्लाइओभर वा ओभारपास बनाउने हतार नगरौँ

थप फ्लाइओभर वा ओभारपास बनाउने हतार नगरौँ
अ+ अ-

चौडा सडक, सुरुङ, फ्लाइओभर वा थप सडक लेन निर्माण गरेर सवारी जामको समस्या समाधान गर्न सकिन्छ भन्ने सामान्य बुझाइमा रहन्छ । वास्तवमा अन्य धेरै देशको अनुभवले यस्ता संरचना मात्र समाधानका उपाय होइनन् ।

चौडा सडकले वा ‘फ्लाई ओभर’ ले निजी सवारीसाधन किन्नेहरूलाई प्रोत्साहन गर्ने विश्वव्यापी अनुभव छ । सवारीसाधनको संख्यामा दिनानुदिन वृद्धि हुने मात्र होइन सडक क्षमताभन्दा गाडीको चाप बढी हुने अवस्था सिर्जना भई ट्राफिक जामको समस्या फेरि उस्तै हुन्छ । सडकको क्षमता मात्र वृद्धि गर्ने भनेको अल्पकालीन समाधान मात्र हो ।

सवारीसाधनको संख्या नबढ्ने हो भने क्षमता वृद्धि गरिएको सडकले दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापन गर्छ तर यो सम्भव छैन । गाडीको आयातमा रोक लगाउने अवस्था पनि छैन । दिन प्रतिदिन सवारीसाधनको संख्यामा वृद्धि हुने भएकाले ट्राफिक समस्या फेरि आउने निश्चित छ ।

निजी सवारीसाधन हुने व्यक्ति कम हुन्छन् तर राजनीतिक शक्तिहरू उनीहरूकै हितमा निर्णय गर्छन् किनकि उनीहरूसँग पहुँच र प्रभाव छ । त्यसैले सडकको विकास गर्दा निजी सवारीलाई प्राथमिकतामा राखेर गरिन्छ । ग्वार्को ओभरपास पनि यसकै परिणाम हो ।

सातदोबाटो–ग्वार्को–बालकुमारी–कोटेश्वर खण्डमा अनवरत सवारी चल्नुपर्ने यो ओभरपासको उद्देश्य हो । अर्कोतर्फ मंगरबजार–ग्वार्को–लुभुतर्फ यही ओभरपासमा रहेको पुल मुनिबाट सवारी पास हुने हो । त्यस्तै चक्रपथको सर्भिस लेनबाट गुड्ने सवारीले सिधा दाहिने वा देब्रे मोडिनुपर्छ, त्यसैले त्यहाँ पालो कुर्नुपर्ने हुन्छ । यो चोकमा सवारी व्यवस्थापनका लागि यो पाटो अझ स्पष्ट हुनुपर्नेछ ।

 ग्वार्को पूर्वाधारको क्षमता वृद्धि भयो तर कलंकी–कोटेश्ववर खण्डलाई एउटा सञ्जाल मान्ने हो भने सञ्जालको क्षमतामै धेरै वृद्धि भएन । अब ग्वार्कोको जाम बालकुमारी वा सादोबाटोमा सर्ने हुन सक्छ । यो तर्फ हाम्रो ध्यान जानुपर्छ ।

नेपालमा पहिलोपटक ओभरपास वा फ्लाइओभर बनेको छ । यसले काठमाडौँको यातायात व्यवस्थापनमा केही सुधार पक्कै ल्याउँछ । अन्य प्रश्नका उत्तरहरू सञ्चालन भएपछि थाहा हुन्छ र सुधार गर्दै जानुपर्छ । बनेका पूर्वाधारलाई कसरी पूर्ण क्षमतामा प्रयोग गर्ने भन्नेतर्फ अबको छलफल र विश्लेषण केन्द्रित हुनुपर्छ ।

ग्वार्को ओभरपासले अब चक्रपथ–कलंकी–कोटेश्वर जाम हुन्न भन्ने सन्देश सडक प्रयोगकर्तामा जानुहुन्न किनभने सञ्जालको क्षमता बढेको छैन । त्यस्तै मंगलबजार–ग्वार्को–लुभुतिर जाने–आउने सवारी र चक्रपथको सर्भिसलेनका सडकहरूले पनि कुर्नुपर्ने अवस्था यथावत् रहन्छ । यस्ता सही सूचना जनतामा जाँदा पछि मानिसहरूले यो संरचनाका बारेमा नकारात्मक टिप्पणी गर्दैन्न ।

काठमाडौ उपत्यकामा थप फ्लाइओभर वा ओभारपास बनाउने योजाना हतार गरी तत्काल नगरौ , गार्कोको अनुभव को विश्लेशण गरी मात्र आगामी योजना बनाउनु पर्छ।

गजुरेल ट्राफिक इञ्जिनियर तथा सार्वजनिक यातायात विज्ञ हुनुहुन्छ