१९ माघ २०८१, शनिबार
,
Latest
त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिपोर्ट कुर्दा कुर्दै क्वारेन्टाइनमै बिते महिना दिन



अ+ अ-

भारतबाट फर्किएका नागरिकको समयमै कोरोना रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिँदैं गएको छ । क्वारेन्टाइनमा बसेको महिना दिन पुगे पनि रिपोर्ट नआउँदा बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका छन् । स्वाब संकलन भएकाहरुको समेत समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका हुन् ।क्वारेन्टाइनमा बसेको १ महिना पुग्न लाग्दा समेत रिपोर्ट नआउँदा समस्या भएको उनीहरुको गुनासो रहेको छ । पुर्चौंडी नगरपालिका–८ का लक्ष्मण विक जेठ ९ गतेदेखि पुर्चौंडी नगरपालिका–८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका छन् । लक्ष्मणको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरी पठाइए पनि महिना दिन बितिसक्दा समेत पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन् । यस्तै भारतबाट फर्केर गत जेठ १७ गतेदेखि क्वारेन्टाइनमा बसेको भए पनि हालसम्म पनि रिपोर्ट नआएको सुर्नया गाउँपालिका–२ का राजेन्द्र विष्टको गुनासो रहेको छ । नेपाल राष्ट्रिय मावि सिउडेको क्वारेन्टाइनमा बसेका राजेन्द्रलगायत अन्य १० जनाको आरडीटी पोजेटिभ आएको भए पनि रिपोर्ट आएको छैन ।

असार २ गते स्वाब संकलन गरी पठाइएको भए पनि हालसम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिएको उनले बताए । यसका साथै क्वारेन्टाइमा बसेका नागरिकको आत्मबल तथा हौसला बढाउन हालसम्म पनि कुनै जनप्रतिनिधि नआएको उद्धव चन्दको गुनासो रहेको छ । उता सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले भने प्रदेशमा एउटा मात्रै परीक्षण गर्ने मेसिन भएकाले रिपोर्ट आउन ढिलाइ भएको बताए । क्वारेन्टाइनमा बसेकाहरुको आत्मबल र हौसला बढाउन आफूहरु क्वारेन्टाइनमा पुग्ने विष्टको भनाइ छ । जिल्लाको पुर्चौंडी नगरपालिका–८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका ४१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आए पनि उनीहरुमध्ये २६ जनाको मात्रै स्वाब संकलन भएको छ भने अन्यको स्वाब संकलन गर्ने कार्य पनि बाँकी रहेको छ ।

स्वाब संकलन भएकाहरुको समेत समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु आक्रोशित हुन थालेका मल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमराज भट्टले बताए । उनले भने– ‘क्वारेन्टाइनमा बसिरहेकाहरुको समयमा रिपोर्ट नआउँदा आफूहरुलाई स्थानीय स्तरमा काम गर्न असहज भएको छ ।’ आरडीटी रिपोर्ट पोजेटिभ आएकाहरुको स्वाब संकलन गरी पठाएको भए पनि समयमा रिपोर्ट नआउँदा उनीहरुलाई त्यतिकै घर पठाउनुपर्ने बाध्यता आइलागेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए। पुर्चौंडी नगरपालिका–८ की तारा विकले आफूहरुलाई क्वारेन्टाइनमा बसेको एक महिना पूरा हुँदा समेत रिपोर्ट नआउँदा साह्रै समस्या भएको दुखेसो गरे । एकै क्वारेन्टाइनमा बसेका ४१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई घर पठाउन पनि समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाका १० ओटै स्थानीय तहमा १ हजार ६ सय बढी नागरिक क्वारेन्टाइनमा छन् । उनीहरुमध्ये धेरैजसो आरडीटी रिपोर्ट पोजेटिभ आएका नागरिक हुन् । बैतडीका आरडीटी पोजेटिभ आएका ५ सय बढीको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा धनगढीमा एउटा मात्रै पीसीआर गर्ने प्रयोगशाला रहेकोले परीक्षण गर्न ढिलाइ भइरहेको हो । गत चैत १५ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले धनगढीसहित, बैतडी र डोटीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन नहुँदा समस्या हुँदै आएको छ । नेपाल समाचारपत्र दैनिक