मिलान । लाजियोले शनिबार इटालीको सिरी ए मा फियोरेन्टिनालाई २–१ ले हरायो । यससँगै टोलीले लिग उपाधि जित्ने झिनो सम्भावना कायमै राखेको छ ।
खेल सकिनु सात मिनेटअगाडि लुइस अल्बर्टोले लाजियोका लागि निर्णायक गर्दा क्लबले शीर्ष स्थानमा रहेको युभेन्ट्ससँगको दूरी चार अंकमा छोट्यायो ।
सन् २००० यता पहिलो लिग उपाधि जित्ने अभियानमा रहेको लाजियो गत साता एटलान्टाविरुद्धको खेल गुमाएपछि दबाबमा आएको थियो । यस क्रममा उसको २१ खेलको अपराजित यात्रा पनि टुंगिएको थियो ।