२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा जनसरकार प्रमुखसहित ६ जना पक्राउ



अ+ अ-

धनगढी । नेकपा नेत्रविक्रम चन्द विप्लव समुहका ६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ धनगढी उपमहानगरपालिका– १२, जुगेडा क्षेत्रमा बैठक बसेका बेला उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उक्त पार्टीका कैलाली जिल्ला जनसरकार प्रमुख दलबहादुर बिक, धनगढी नगर इन्चार्ज प्रकाश रावल, सदस्यहरु डम्बर सुनार, लक्की शाह, विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह र जिल्ला अध्यक्ष सुभाष जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको र केहीलाई पुरानो मुद्दाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।