१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामा खसेका युवकको शव फेला



अ+ अ-

वालिङ । वालिङ नगरपालिका –५ लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा  खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ । 

अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईको शव वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

ती युवक रुपन्देही जिल्ला घर भई हाल वालिङ–७ केवरेस्थित भिनाजुको घरमा बस्दै आएका बताइएको छ ।