१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा जलस्रोत विधेयक फिर्ता



अ+ अ-

काठमाडौं। सरकारले जलस्रोतसम्बन्धी विधेयक फिर्ता गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भइसकेको विधेयक फिर्ता गर्ने निर्णय गरेको हो।

२०७८ जेठ ३१ मा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसदमा दर्ता गराएको विधेयकमा विदेशी स्वार्थ समेटिएको आशंका भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका थिए।

मन्त्रिपरिषद्को बैठकमा यही विधेयकबारे लामो छलफल भएको थियो।