१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

जहाँ जाऊ लागिरहन्छ माया देशको…

जहाँ जाऊ लागिरहन्छ माया देशको…
अ अ+ अ-

काठमाडौँ। “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म यहाँ आउन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु”, म्यान्मारबाट पहिलो पटक नेपाल आउनुभएकी अस्मिता न्यौपाने भन्नुभयो ।

नेपालबाट म्यानमार गएको उहाँभन्दा अघिको सातौ पुस्ता हो । त्यसपछाडिको कोही पनि नेपाल आउन नभएपछि न्यौपाने भने आफू आउन पाउँदा दङ्ग हुनुहुन्थ्यो ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष उहाँले नेपाल आउनुको खुसी मात्रै पोख्नु भएन, नेपाली गीत पनि गाएर सुनाउनुभयो । उहाँ नेपाल आउने अवसर भने नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरो भ्वाइस युनिभर्स कार्यक्रमले जुराइदिएको थियो ।

उक्त कार्यक्रमकि प्रतियोगी न्यौपाने जस्ता विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषाीहरुले सञ्चारमन्त्री गुरुङसमक्ष भावना साटासाट गर्नुभयो । उहाँहरुले सामूहिक रुपमा राष्ट्रिय भाव झल्काउने ‘भाषावेशको जहाँ जाऊ लागिरहन्छ माया देशको…’ बोलको गीतसमेत गाएर सुनाउनुभयो ।

मन्त्री गुरुङले नेपालमा सुगौली सन्धिपछि, विश्व युद्धको प्रभाव र अहिले विश्वव्यापीकरण गरी तीन तरिकाले नेपालीहरु विभिन्न देशमा छरिएर रहेको उल्लेख गर्नुभयो । विभिन्न कारणले नेपालीहरु जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैलीमार्फत नेपाललाई विश्वमा चिनाउने काम गरिरहेको उहाँले बताउनुभयो ।

मन्त्री गुरुङले खास गरी कलासंस्कृतिले मुलुकको पहिचान विश्वव्यापीकरण गराउन मद्दत गर्ने हुँदा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सजस्ता कार्यक्रमले ठूलो सहयोग गरेको बताउनुभयो । “हामी जहाँ भए पनि नेपाली कलासंस्कृति भुल्नुहुँदैन, नेपाल टेलिभिजनले यस्ता खाले कार्यक्रममलाई महत्व दिन्छ र आगामी दिनमा पनि दिनेछ,” उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले केही कारणवश फरक मुलुकमा बसोबास भए पनि नेपाली संस्कृति, संस्कार र भाषाले सबै नेपालीलाई एकतामा बाँधेको उल्लेख गर्नुभयो ।

इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रम तीन वर्षदेखि निरन्तर नेपाल टेलिभिजनमार्फत प्रसारण हँुदै आएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईका अनुसार विभिन्न देशमा छरिएर रहेका नेपाली तथा विदेशी नागरिकलाई उनीहरुको गायन र नृत्यकलामार्फत एकसूत्र गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रममा विभिन्न ६० मुलुकबाट सहभागिता भएको थियो । हाल प्रतियोगितामा १६ देशका प्रतिभा छानिएका छन् । “नेपाली जहाँ गए पनि मन र संस्कृति नेपालमै छ, हामीले कलासंस्कृतिमार्फत राष्ट्रिय एकता बलियो बनाउने प्रयत्न गरेका छौँ”, कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो ।

नेपाल टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण हुन्छ भने आइतबार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुँदै आएको छ । कार्यक्रममा प्रथम हुनेलाई पुरस्कार स्वरुप रु एक/एक करोड, दोस्रोलाई रु ३०/३० लाख, तेस्रो हुनेलाई रु १०/१० लाख र उत्कृष्ट १० मा पर्ने सबैलाई जनही रु तीन लाख पुरस्कार प्रदान गरिनेछ । रासस