६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग



अ+ अ-

हुम्ला। सिमकोट गाउँपालिकालाई काठमाडौँस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ ।

नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

राजदूतावासले सहयोग गरेको एम्बुलेन्स सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका सबै बिरामीको उद्धार गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

वडा नं १ देखि ८ का स्याडा, याङ्गु, खोल्सीलगायत बस्तीमा गाउँपालिका केन्द्रसँग सडक नजोडिएको भए पनि अन्य सातवटै वडा सडक सञ्जालमा जोडिएका छन् । अब बिरामीलाई अस्पताल पुुर्याउन सहज हुने उहाँले बताउनुभयो । यसअघि गाउँपालिकासँग यस्तो सुविधा थिएन ।
रासस