१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी टोली इंग्ल्यान्ड भ्रमणमा



अ+ अ-

कराँची । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १० खेलाडीबिनै पाकिस्तानी क्रिकेट टोली आइतबार इंग्ल्यान्ड भ्रमणमा निस्किएको छ । पाकिस्तानी टेस्ट टोलीका कप्तान अझर अलीले आफूहरू इंग्ल्यान्डमा गएर खेल्न आतुर रहेको जनाएका छन् । कोरोनाको महामारीसँग रोकिएयता टेस्ट म्याच हुन सकेको छैन । पाकिस्तानले त्यसयता पहिलो पटक टेस्ट खेल्न लागेको हो । इंग्ल्यान्डले पाकिस्तानसँग खेल्नुअघि वेस्ट इन्डिजसँग खेल्नेछ । त्यसका लागि वेस्ट इन्डिज यसअघि नै इंग्ल्यान्ड आइसकेको छ ।

‘कठिन परिस्थितिपछि सबै खेलाडीहरू उत्साही छन्,’ अलीले इंग्ल्यान्ड प्रस्थान गर्नुअघि भने, ‘कठिन स्थितिमा इंग्ल्यान्ड भ्रमणमा जाँदैछौं, त्यसै पनि इंग्ल्यान्डसँग खेल्नु चुनौती छ । हामीले त्यहाँ गरेको पछिल्लो दुई भ्रमणको प्रदर्शनले राम्रो खेल्न प्रेरणा दिनेछ, हामीले त्यसैलाई निरन्तरता दिने प्रयास गर्नेछौं ।’

पाकिस्तानले २०१६ को इंग्ल्यान्ड भ्रमणको चार टेस्ट शृंखलामा २–२ तथा दुई वर्षअघि दुई टेस्ट शृंखलामा १–१ को नतिजा निकालेको थियो । भ्रमणमा कोरोनाको संक्रमण भएका १० खेलाडीलाई समावेश गरिएको छैन ।