१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण

धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण
अ अ+ अ-

गुल्मी। गुल्मीमा दुई गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्ने गरी तीन सय ७० मिटर लामो झोलुङ्गे पुलको निर्माण गरिएको हो ।

छल्दी खोलामाथि निर्माण गरिएको पुलले धुर्कोट गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको अम्मरपुर जोड्छ । रु एक करोड ८४ लाखको लागतमा सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत निलगिरी निर्माण सेवा प्रालिले पुल निर्माण गरेको हो । एकैपटकमा झन्डै आठ सय नागरिकले आवतजावत गर्न सक्ने क्षमता पुलको छ ।

झोलुङ्गे पुलले बिचित्र गुफालाई राजमार्गबाट नजिक बनाएको छ । त्यसैगरी हिमालय माविका विद्यार्थीलाई विद्यालयसम्म आवातजावत गर्न, घाँस, दाउरा गर्न एवं स्थानीयको दैनिकीमा सहजता आएको छ । “केही वर्ष पहिले खोला तर्ने क्रममा पाँच वर्षीय बच्चालाई आमाकै काखबाट खोलाले बगाएको थियो, बच्चालाई हामीले हुलाकेमा मृत फेला पारेका थियौँ”, स्थानीय बोमलाल भण्डारीले भन्नुभयो, “अहिले पुल बनेको छ, हाम्रो दैनिकी फेरिएको छ ।” उहाँले पुलले वस्तु र अम्मरपुरका धेरै नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो ।

धुर्कोट गाउँपालिका–५ को वस्तुमा प्राकृतिक रूपमै बिचित्रको गुफा छ । यो पुलले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारीबाट नजिक बनाएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई पनि सजिलो भएको छ । राजमार्गबाट पाँच मिनेटमा पुल तरेपछि १० मिनेटमा बिचित्र गुफा पुग्न सकिने भएको छ ।

छल्दीखोला झोलुङ्गे पुल लामो भएकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । लामो तथा अग्लो स्थानमा निर्माण गरिएको पुलका कारण दैनिक घुम्न, हावा खान र फोटो खिचाउन आउनेको घुइँचो लाग्ने गरेको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिनुभयो ।

धुर्कोट गाउँपालिका–५ वस्तुको यो गुफा पत्ता लागेका तीन दशक बढी भयो । तर, संरक्षण र उचित विकास समयमै हुन सकेन । शान्ति प्रक्रियापछि गुफा संरक्षणका केही काम भएका छन् । सदरमुकाम तम्घासबाट ४५ मिनेटमा बिचित्र गुफा पुगिन्छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी खण्डबाट गुफा पुग्न १५ मिनेट लाग्छ । गुफाभित्र फेलापरेका संरचनालाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायत नामकरण गरेका छन् ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पुलले धुर्कोटको पर्यटन विकासलाई वृद्धि गर्ने बताउनुभयो । उहाँले बाह्य पर्यटकको पनि घुइँचो हुने बिचित्र गुफामा अझै सडकको आवश्यकता रहेको बताउनुभयो । रासस