काठमाण्डौ । नेपाली बजारमा सुनको मुल्य आज हिजोकै भाउमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि हिजोजस्तै तोलाको नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।