१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम

प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम
अ अ+ अ-

मनाङ। व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम यहाँ प्रभावकारी बनेको छ । विद्यालयमा सिकेका सीपले व्यावहारिक बनाउँदै विद्यार्थीलाई आयस्तरसँग जोड्न मद्दत पुगेको छ ।

यहाँको चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालयले आफ्नै विद्यालय परिसरमा सैद्धान्तिक ज्ञानलाई प्रयोगमा ल्याउन तरकारीखेती गरिरहेको छ । जसको प्रयोगबाट सीप र बिक्रीबाट आम्दानी गर्न विद्यार्थीलाई सघाउ पुगेको छ । उत्पादन गरेको च्याउ र तरकारी सदरमुकाम चामे बजारमा बिक्री गर्दै आइएको विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिनुभयो ।

व्यावसायिक शिक्षा, आत्मनिर्भरता र व्यावहारिक सीप विकासका लागि सञ्चालन गरिएको यस कार्यक्रम विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको उहाँले बताउनुभयो । विद्यालयले विगत तीन वर्षदेखि च्याउखेती गर्दै आइरहेको छ । चालु शैक्षिक सत्रको वैशाखदेखि जेठ २८ गतेसम्म मात्र १५० किलोग्राम च्याउ उत्पादन गरिएको प्रधानाध्यापक कोइरालाले जानकारी दिनुभयो ।

दुई महिनामा च्याउ तथा तरकारी बिक्री गरी करिब रु ६० हजार आम्दानी भएको विद्यालयका शिक्षक अमृत सापकोटाले जानकारी दिनुभयो । “च्याउसँगै विद्यालयले आलु, गोलभेँडालगायत तरकारीको खेती गरिएको छ । साथै  समयानुसार खाद्यान्न उत्पादन गरी बिक्री गर्दै आएका छौँ”, उहाँले भन्नुभयो,“यसमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी भइरहेका छन् ।”

विद्यालयले स्याउखेती गर्ने योजनासमेत बनाएको छ, तर जग्गा अभावले खेती गर्न समस्या भएको  प्रधानाध्यापक कोइरालाले बताउनुभयो । “हामीले व्यावहारिक कृषि शिक्षालाई केन्द्रमा राख्दै विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै आएका छौँ । च्याउ र तरकारी उत्पादनसँगै अब हामी घरेलु साबुन उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।

स्याउखेती योजनामा भए पनि जग्गा पाइसकेका छैनौँ”, उहाँले भन्नुभयो,“आगामी आर्थिक वर्षमा साबुन उत्पादन तथा बिक्री गर्ने लक्ष्य छ । विद्यार्थीलाई एक घण्टामा काम गरेबापत रु ५० प्रदान गर्दै आएका छौँ । कुटो, कोदालोलगायत औजार चलाउन नजानेका विद्यार्थीका लागि सिकाइ उपयोगी बनेको छ ।”

पढ्दै कमाउँदै कार्यक्रमका लागि हालसम्म विभिन्न आर्थिक वर्ष र चालु आवमा गरी रु १५ लाख विनियोजन भएको थियो । विनियोजित बजेट बारी बनाउने, पराल किन्ने कार्यमा खर्च हुने गरेको छ । कृषि ज्ञान केन्द्र केन्द्रमार्फत प्राविधिक सहयोग भइरहेको र आवश्यक साझेदारी भइरहेको छ ।

विद्यालयलाई कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (लमजुङ–मनाङ) र चामे गाउँपालिका कृषि शाखाबाट बीउबिजन, मल, प्राविधिक सहयोग तथा अन्य विविध सहयोग प्राप्त हुँदै आएको छ । यस्ता सहयोगले विद्यालयको कृषि कार्यक्रमलाई अझ सशक्त बनाएको विद्यालयले जनाएको छ ।

विद्यार्थी जयराम थापाले विद्यालयले कृषि क्षेत्रमा पनि भविष्य छ भन्ने सिकाएको बताउनुभयो । विद्यार्थीको पठनपाठनसँगै आयसँग जोडिँदा आफूहरूलाई निकै सहज भएको उहाँको भनाइ छ । “कृषि कर्मले खाजा खाने रकम जोहो भएको र प्राविधिक शिक्षाले भविष्यमा सहयोग पुग्नेछ”, थापाले भन्नुभयो ।

आवासीय विद्यालय भएकाले खाद्यान्न खरिद तथा छात्रछात्रा बासको व्यवस्थापनमा सहयोग पुर्याउने  गरी आम्दानी गर्ने लक्ष्य लिइएको विद्यालयले जनाएको छ । सकेसम्म विद्यार्थीबाट शुल्क लिन नपरोस् भनेर योजना बनाइएको छ ।

स्थानीय उपभोक्ताले विद्यालयको उत्पादनलाई ताजा, स्वच्छ र विषादीरहित भएको भन्दै खरिद गर्ने गरेका छन् । यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा र उद्यमशीलताको बाटोतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ । रासस