१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

‘प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न मधेशी समुदाय एकजुट हुनुपर्छ’

‘प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न मधेशी समुदाय एकजुट हुनुपर्छ’
अ अ+ अ-

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले प्राप्त अधिकारलाई संस्थागत गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि मधेशी समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

सुडी समाज काठमाडौँ, महिला उपसमितिले आज यहाँ आयोजना गरेको ‘स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क प्रशिक्षण’ कार्यक्रममा उहाँले पहिलेको तुलनामा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत राज्यका सबैजसो संरचनामा मधेशी समुदायको सहभागिता बढ्दै गएको उल्लेख गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृत हुँदै संयुक्त रूपमा लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री सुडीले भन्नुभयो, “मधेशमा भएको लामो सङ्घर्ष र बलिदानबाट मधेशी समुदायले कतिपय हकअधिकार प्राप्त गरेका छन्, नीति निर्माण तहमा पनि सहभागिता बढ्दै गएको छ । तर अझै धेरै महत्त्वपूर्ण अधिकार प्राप्त हुन नसकेको अवस्थामा ती अधिकार प्राप्त गर्न समुदाय एकजुट हुनु जरुरी छ ।”

सुडी समाजको विकास, उत्थान र उन्नतिका लागि समुदायका सबै जहाँ भए पनि एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री सुडीले राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक रूपमा सबल र सशक्त समाज निर्माणका लागि समाजले मार्गदर्शकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेत्री तथा प्रतिनिधिसभाका सांसद जुलीकुमारी महतोले मधेशी महिलाको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिकसँगै समग्र विकासका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सुडी समाज काठमाडौँका अध्यक्ष शीतलप्रसाद महतोले महिलामा हुने स्तन र पाठेघरको क्यान्सरबारे सचेतना जगाउने उद्देश्यले समाजले ‘क्यान्सरका लक्षण र उपचारबारे डाक्टर संवाद’ कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । रासस