३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै खेत खनजोत गर्न खोज्दा पनि प्रहरीसँग घम्साघम्सी



अ+ अ-

काठमाडौं । ललितपुरको खोकनामा खेत खनजोतका लागि गएका किसान र प्रहरीबीच विवाद भएको छ। अन्य जिल्लाका किसानहरु जस्तै ललितपुरको खोकनाबासी पनि सोमबार बिहानै खेतमा रोपाइँ गर्न निस्किए ।

सुडोल फाँटमा किसानले खनजोत गर्न थालेपछि प्रहरीले रोके। त्यसपछि विवाद भएको हो। प्रहरी र खोकनावासीबीच हाते ट्याक्टर खोसाखोस समेत भयो ।

स्थानीय कृष्ण डंगोल भन्छन्, ‘हामीले हाम्रो खेतमा खनजोत गर्दा प्रहरी आएर रोक्न खोज्यो ।’

यता प्रहरीले भने फास्ट ट्रयाकमा धान रोप्न नहुने भन्दै रोकेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले बताए।

'खोकनामा किसान र सरकारबीच मुआब्जा दिने विषयमा पूर्ण रूपमा सहमति भएको छैन। अहिले फास्ट ट्रयाकमा धान रोप्न दिने कुरा छैन। गौरव आयोजना बन्ने ठाउँमा भन्दा बाझो खेतमा रोप्दा हुन्छ भन्ने हो,'एसपी तुलबहादुर कार्कीले भने।