२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै खेत खनजोत गर्न खोज्दा पनि प्रहरीसँग घम्साघम्सी



अ+ अ-

काठमाडौं । ललितपुरको खोकनामा खेत खनजोतका लागि गएका किसान र प्रहरीबीच विवाद भएको छ। अन्य जिल्लाका किसानहरु जस्तै ललितपुरको खोकनाबासी पनि सोमबार बिहानै खेतमा रोपाइँ गर्न निस्किए ।

सुडोल फाँटमा किसानले खनजोत गर्न थालेपछि प्रहरीले रोके। त्यसपछि विवाद भएको हो। प्रहरी र खोकनावासीबीच हाते ट्याक्टर खोसाखोस समेत भयो ।

स्थानीय कृष्ण डंगोल भन्छन्, ‘हामीले हाम्रो खेतमा खनजोत गर्दा प्रहरी आएर रोक्न खोज्यो ।’

यता प्रहरीले भने फास्ट ट्रयाकमा धान रोप्न नहुने भन्दै रोकेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले बताए।

'खोकनामा किसान र सरकारबीच मुआब्जा दिने विषयमा पूर्ण रूपमा सहमति भएको छैन। अहिले फास्ट ट्रयाकमा धान रोप्न दिने कुरा छैन। गौरव आयोजना बन्ने ठाउँमा भन्दा बाझो खेतमा रोप्दा हुन्छ भन्ने हो,'एसपी तुलबहादुर कार्कीले भने।