३१ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता गौतम रोपाइँ गर्न भैसेपाटीमा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी हुनुभएको छ ।  

उहाँले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहनुभएका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पुर्याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्ने समेत बताउनुभयो । नेता गौतमले खासखास ठाउँमा नोक्सान पु¥याउने भए तापनि नेपालमा भौगोलिक अवस्थाका कारण सलहले नेपालमा खासै असर नपुर्याउने दाबी गर्नुभयो ।