१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न इजाजत

एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न इजाजत
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
अ अ+ अ-

सुर्खेत। डोल्पामा पाइने यार्सागुम्बा बिक्री गर्नका लागि १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । एकचालीस जनाले उक्त इजाजत लिएको डोल्पास्थित डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर रावलले बताउनुभयो ।

साउनदेखि हालसम्म ४१ जनाले इजाजत लिएको उहाँले बताउनुभयो । जेठमा मात्र नौ जनाले इजाजत लिएको उहाँको भनाइ छ । अहिलेमात्र नौ जनाले ३८ दशमलव १२१ केजीको इजाजत दिइएकामा साउनदेखि हालसम्म ४१ जनालाई १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । प्रतिकेजी रु ३१ हजार लिएर इजाजत दिने गरिन्छ । हालसम्म विभिन्न शीर्षकको रु एक करोड दुई लाख २४ हजार उठेको छ । ठुलिभेरीका तीन सामुदायिक वन समूह र काइके गाउँपालिकाको एउटा सामुदायिक वन समूहले प्रवेश शुल्क लिने गरेका छन् । सामुदायिक वनले प्रवेश शुल्क उठाउने गर्दछन् ।

उता से–फोक्सुण्डो राष्ट्रिय निकुन्जले समेत प्रवेश शुल्क उठाउने गर्दछ । यार्सागुम्बा सङ्कलनको कार्य जेठ ५ गतेदेखि सुरु भएको थियो । हाल अन्तिम चरणमा पुगेको छ । बर्सेनि डोल्पामा यार्सागुम्बा सङ्कलन हुने गर्छ ।

यहाँका स्थानीयवासीको आयआर्जनको भरपर्दो माध्यमसमेत यही रहेको छ । निकुन्जभित्र उठेको रोयल्टी शुल्क सङ्कलनको कार्य जारी रहेको कार्यालयले जनाएको छ । असार ५ गतेसम्म यार्सागुम्बा सङ्कलनको काम जारी रहनेछ । अघिल्लो वर्षभन्दा यो वर्ष कम मात्रामा यार्सागुम्बा पाइने गरेको सङ्कलक बताउँछन् ।