१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष चारमा गेटाफेको नजर



अ+ अ-

गेटाफे । गेटाफेले सोमबार आफ्नो घरमा रियल सोसिडाडलाई २–१ ले हरायो र ला लिगाको शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने बाटो खुल्ला राख्यो । गेटाफेका लागि दुवै गोल जेमी माटाले गरे ।

माटाले पेनाल्टीबाट २० औं मिनेटमा पहिलो गोल गरे । एडनन जनुजागले बराबरी गोल फर्काएयता माटाले ८३ औं मिनेटमा निर्णायक सावित गोल गरे ।

यो जितपछि गेटाफे ५२ अंकसहित पाँचौं स्थानमा उक्लेको छ र यो चौथो स्थानमा रहेको सेभियासँग दुई अंकको मात्र दूरी हो । लगातार चौथो हार बेहोर्ने क्रममा सोसिडाड भने ४७ अंकमा सातौमा झरेको छ ।