१५ असार २०८३, सोमबार
,
Latest
रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयमै मन्त्री भट्टराईको छड्के



अ+ अ-

काठमाण्डौ  । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गर्नु भएको छ । 

मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार  छड्के निरीक्षण गर्नु भएको हो । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाईएपछि  मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो सो बुझि कर्मचारी  नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन दिनुभएको छ  । 

मन्त्री भट्टराईले कार्यालयको सरसफाई र कार्यालयको लेआउटमा ध्यान दिन समेत  कर्मचारीहरुलाई आग्रह गर्नुभयो । 

नेपाल सरकारको मन्त्री परिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिनुभएको छ  । 
निरीक्षण पछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सवै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताउनुभयो ।