१५ असार २०८३, सोमबार
,
Latest
भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको राजिनामा माग , बाह्यशक्तिको आडमा राजिनामा मागिएको प्रधानमन्त्रीको दावी



अ+ अ-

काठमाडौं । नेकपाको जारी स्थायी समितिको बैठकमा चार शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् ।

प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ट नेता झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले सरकार र पार्टी संचालनमा ओली असफल भएको भन्दै राजिनामा माग्नु भएको हो ।  

प्रधानमन्त्री ओलीले  आईतबार भारतले आफुलाई हटाउन लागेको र आफनै दलका नेताहरु मतियार बनेको आरोप लगाएपछि आजको बैठकमा यस बिषयले प्रवेश पाएको थियो ।

बैठकमा दाहालले भन्नुभयो, तपाई असफल हुनुभयो भारतले हैन राजीनामा मैले मागेको हो ।  

दहालको अभिब्यक्ति पछि ओलीले भारतीय मिडिया  र कुटनीतिज्ञले बोल्ने भाषा र मुद्धा कसरी मिलेको छ भन्दै प्रतिप्रश्न गर्नुभयो ।

दहालको भनाईमा सहमति जनाउदै अन्य तीन नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष बाट राजीनामा दिनु पर्ने आवाज उठाएका थिए ।  

जसका कारण नेकपाको स्थायी समितिको बैठक झलै पेचिलो बन्दै गएको छ ।