१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टरको युरोपेली लिगमा छनोट सम्भावना बलियो



अ+ अ-

ब्राइटन । ब्रुनो फर्नान्डेसको दुई गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटनलाई ३–० ले हराएर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ ।

फर्नान्डोको व्यक्तिगत उत्कृष्ट प्रदर्शनले म्यानचेस्टर यो सिजनकै सबैभन्दा माथिल्लो दर्जाको फुटबल पस्कन सफल रह्यो ।
एमेक्स स्टेडियममा म्यानचेस्टरले मेसन ग्रिनउडको गोलले अग्रता लिएको थियो । यो जितपछि म्यानचेस्टर पाँचौं स्थानमा उक्लेको छ । उसलाई उल्भ्समाथि समान अंकमा गोल अन्तरको फाइदा छ । ओले गन सोल्सारको टिम चौथो स्थानमा रहेको चेल्सीभन्दा दुई अंकले मात्र पछाडि छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई अर्को सिजन युरोपमा खेल्नबाट प्रतिबन्ध लागे पाँचौं स्थानको टिमले पनि च्याम्पियन्स लिग खेल्न पाउनेछ । जनवरीमा लिस्वनबाट म्यानचेस्टर आएका फर्नान्डोले क्लबका लागि लिगमा ६ गोल गरिसकेका छन् । उनको आगमनपछि म्यानचेस्टरले आफ्नो पुरानो छवि फर्काउन थालेको छ ।