२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांगीतिक कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी रचना रिमाल स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् ।

सांगीतिक कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।

उनलाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो ।

नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको बताइएको छ ।

सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । तर, मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो ।

उनी हाल काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत छिन् ।