१० भाद्र २०८३, बुधबार
,
Latest
प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड, यस्तो छ मुलुकको पछिल्लो आर्थिक अबस्था



अ+ अ-

काठमाडौँ । रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।

अघिल्लो वैशाख मसान्तमा जम्मा ११५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ९आर्थिक वर्ष २०८१/८२० को दश महिनाको तथ्याङ्कमा आधारित० प्रतिबेदन सार्वजनिक गर्दे
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको जनाएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद ट्रान्सफर १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ०१ अर्ब ७५ करोड रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

बैंकका अनुसार २०८१र८२ को १० महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा ३ अर्ब २३ करोडले शोधनान्तर स्थिति बचतमा रहेको छ । अघिल्लो वर्ष २ अर्ब ९४ करोडले बचतमा थियो ।

यसैगरी चालु आर्थिक वर्षको २०८१/०८२ को १० महिनासम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।

तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।

प्रतिबेदनको पूर्णपाठ

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/06/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Ten-Months-data-of-2081.82.pdf”]




भर्खरै