२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं महानगरका डेढ दर्जन कर्मचारीमाथि अख्तियारको छानबिन

काठमाडौं महानगरका डेढ दर्जन कर्मचारीमाथि अख्तियारको छानबिन
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका विभागीय प्रमुखसहित डेढ दर्जन कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

महानगर प्रमुख बालेन्द्र साह (बालेन)को सचिवालयका कर्मचारी, सहरी योजना आयोगका विज्ञ र सहायक विज्ञको दबाबका कारण आधा दर्जन विभागीय प्रमुखसहित करिब डेढ दर्जन कर्मचारीलाई आयोगले बयान लिएको छ । उनीहरुसँग पटकपटक बयान लिइएको बताइएको छ ।

मेयर साहका स्वकीय सचिव भूपदेव साह, सहरी योजना आयोगका अध्यक्ष सुमननरसिंह राजभण्डारी, सल्लाहकार शंकरप्रसाद पाण्डे, व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार, सहरी योजना आयोगका विज्ञ सुनील लम्साल, शैलेन्द्र झा, सहायक विज्ञ स्मित पोखरेल, सुदीप ढकाल, धीरज जोशीलगायतको दबाबको कारण विभागीय प्रमुख र कर्मचारी अख्तियारको बयान दिन पुग्ने गरेका हुन् ।

महानगर प्रमुख शाहको दबाबमा कारण फ्रान्स भ्रमणको फाइल स्वीकृत गर्दा विभागीय प्रमुखसहित दुई जना सल्लाहकार सुनील लम्साल र कुमार व्यञ्जनकारले आयोगमा बयान दिएका छन् । मेयर साहसमेत बयान दिन जाने तयारी गर्नुभएको छ । आयोगले सो प्रकरणमा अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतसँग पनि बयान लिएको छ ।

नीतिगत रुपमा निर्णयकर्ताको भूमिकामा नरहेका सहरी योजना आयोगका अध्यक्ष राजभण्डारी र सल्लाहकार पाण्डेले विज्ञ र सहायक विज्ञमार्फत विभागीय प्रमुखलाई दबाब दिन लगाएर कर्मचारीलाई नचाहिँदो निर्णय गर्न बाध्य पारेको आरोप छ ।

सोही बाध्यताको कारण विभागीय प्रमुखहरूले बयान दिइरहेका छन् । मेयरको गौरव र स्वर्णिय योजनाको कार्यक्रममा भ्रष्टाचार हुने गरेको छ । सोही विषयमा अख्तियारले सूक्ष्म अध्ययन गरिरहेको छ । उच्चस्रोतका अनुसार हाल मेयर सचिवालय र सल्लाहकारको कारण आधा दर्जन योजनामा भ्रष्टाचार भएको भन्दै अनुसन्धान शुरु गरेको छ । सामाखुसी ठेक्कामा एक कम्पनीलाई कालोसूचीमा राखेको आरोपमा चार विभागीय प्रमुखसहित ७ जनाले बयान दिएका छन् ।

जबरजस्ती टेन्डर गरी आर्थिक लेनदेन गरेको आशंकामा एम्बुलेन्स खरिद काण्डको छानबिन जारी छ । स्मित पोखरेल, शिक्षा र समाजिक, सुदीप ढकाल, आईटीदेखि सबै टेन्डरमा हस्तक्षेप गर्ने शिक्षा विज्ञ शैलेन्द्र झाको दबाबमा स्मार्टबोर्ड खरिद गर्दा भ्रष्टाचार भएको आशंका गरिएको छ । सो काण्डमा झाको कुनै हस्ताक्षर छैन । तर, उहाँकै दबाबमा हस्ताक्षर गर्ने कर्मचारी अख्तियार धाइरहेका छन् ।

त्यस्तै, रोडमार्किङ, टेकुस्थित काममा भवन निर्माण, सिपमेलालगायत विषयमा समेत अख्तियारले छानबिन शुरू गरेको छ । खरिदसँग जोडिएको विषयमा खरिद इकाइ प्रमुख इन्जिनियर रामरतन साहले हस्ताक्षर गर्ने गर्नुभएको छ । इन्जिनियर साह ललितपुर महानगरपालिकाबाट कामपामा सरुवा हुनुभएको थियो ।