३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एमालेको उदासीनता र माओवादीको दोहोरो चरित्रले संसद् बन्यो बन्धक

एमालेको उदासीनता र माओवादीको दोहोरो चरित्रले संसद् बन्यो बन्धक
अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अबरुद्ध गरिरहेका छन् । बजेटमाथिको छलफलदेखि विधेयकको काम ठप्प भएको छ । राजनीतिक दलहरु आ–आफ्ना अडानबाट टसको मस भएका छैनन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको अडान विपक्षी दलहरुले राखिएका छन् । तर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले न गृहमन्त्रीलाई राजीनामा दिलाउन तयार छन् न त छानबिन समिति गठन गर्न नै सहमत भएका छन् । दलहरुबीच दिनदिनै वार्ता र छलफल भइरहेका छन् तर कुनै नि निष्कर्ष निस्कन सकेको छैन ।

सभामुख देवराज घिमिरेले दिनदिनै सत्तापक्ष र विपक्षी दलका नेताहरुसँग परामर्श गरिरहनुभएको छ । उहाँले संसद्मा अवरोध हुँदा विधेयक अघि बढ्न नसकेको भन्दै दलहरुलाई जिम्मेवार हुन पनि आग्रह गरिरहनुभएको छ । संसद् खु्लाउन दलहरु नै गम्भीर नभएको आरोपसमेत उहाँले लगाउनुभएको छ ।

संसद् लगातार अबरुद्ध हुँदा विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पुरै वेवास्ता गर्नुभएको छ । प्रधानमन्त्रीले न अहिलेसम्म सर्वदलीय बैठक बोलाउनुभएको छ न त अवरुद्ध संसद् खुलाउन पहल नै गर्नुभएको छ । शीर्ष नेताहरुबीच छलफलसम्म गर्नुभएको छैन । बरु उहाँले गृहमन्त्रीले राजीनामा दिन नपर्ने र छानबिन समिति पनि गठन गर्नुपर्ने भन्दै आउनुभएको छ । भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरिरहेको भए पनि प्रधानमन्त्री ओलीले गृहमन्त्रीको संलग्नता नरहेको भन्दै क्लिन चिट दिइरहेको छ । संसद् खुलाउने वातावरण बनाउन प्रधानमन्त्री ओलीले पुरै बेवास्ता गर्नुभएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्लै गाइगुईं हल्ला चल्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्रीको राजीनामा मागेको थियो । उसले विपक्षी दलहरुको बैठक नै बोलाएर गृहमन्त्रीको राजीनामालाई बटनमलाइन बनाउने निर्णय गर्‍यो । अहिले पनि दिनदिनै जसो बस्ने विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउँदै आउनुभएको छ । उहाँले यो अटानबाट विपक्षीहरु पछि नहट्ने पनि बताइरहनुभएको छ ।

विपक्षी दलहरुको बैठकमा र गठबन्धन दल नेपाली कांग्रेससँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई थरी कुरा गर्ने गर्नुभएको छ । सत्तारुढ दल कांग्रेसका नेताहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले गृहमन्त्रीको राजीनामा आफूहरुको बटमलाइन नभएको भन्दै रास्वपाको माग भएको बताइरहनु भएको छ । जबकी विपक्षी दलहरुको बैठकमा गृहमन्त्रीकै राजीनामा आफूहरुको बटमलाइन भनिरहनुभएको छ ।

सत्तामा पुग्न खुट्टा उचालेर बसेका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई अहिले भिजिट भिसा प्रकरणलाई चर्कामा संसद्को सबैभन्दा ठूला दल नेपाली कांग्रेस बिक्चिने हो कि भन्ने डर छ । त्यही कारण दाहालले गृहमन्त्रीको राजीनामाको अडान छाडेर छानबिन समिति गठन भए हुन्छ भन्न थाल्नुभएको छ । उता विपक्षी मोर्चा कमजोर हुने डरले विपक्षी दलहरुको बैठकमा भने राजीनामा र छानबिन समिति दुवै कुरा उठाइ रहनुभएको छ । यसले गर्दा यो विषयमा दाहालको दोहोरो चरित्र देखिएको हो ।

लामो समयसम्म संसद् सञ्चालन हुन नसक्ने अवस्था आएपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसलाई सहमतिका लागि भन्दै पाँच बुँदे प्रस्ताव पठाएको छ ।

रास्वपाले पठाएको पाँच बुँदे प्रस्तावमा के छ त ?

१) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने ।

२) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रत्यक्ष संवैधानिक क्षेत्राधिकारमाथि अतिक्रमण नगरी विगत केही वर्षहरूमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने जसले तालिकासहित प्रधानमन्त्री मार्फत आएको सरकारी प्रतिबद्धताको अनुगमन गर्न सर्वपक्षीय सांसदहरु सम्मिलितको रूपमा पनि काम गर्ने ।

३) छानबिन समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्ने। कार्यसम्पादन समितिले छानविन समितिको कार्यविधि ५ (पाँच) दिन भित्र तय गरी समिति गठन गर्ने ।

४) छानबिन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानविन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र निम्न कार्यहरूमा समिति केन्द्रित हुने उल्लेख छ ।

        १) नीतिगत एवं प्रणालीगत कमजोरीहरूको पहिचान र विश्लेषण (भिजिट भिसा, श्रम स्वीकृति, अध्यागमन, आदि) ।

        २) मानव तस्करी र संगठित अपराधसँग सम्बन्धित व्यक्ति र संस्थाहरुको अवैध संजालमाथि अध्ययन र अनुसन्धान ।

        ३) पीडितको संरक्षण र पीडितमैत्री पुनस्र्थापनाका लागि प्रशासनिक एवं न्याय प्रणालीबारे सुझाव ।

        ४) अन्तर– निकाय समन्वय र सहकार्यबारे सुधार सिफारिस ।

        ५) राजनीतिक(प्रशासनिक जवाफदेहिता र कर्तव्यवोध खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय ।

५) छानबिन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शीताको उच्च मापदण्ड अपनाइने ।

रास्वपाले पठाएको प्रस्तावलाई कांग्रेसले स्वीकार गरेको छैन । तर माओवादी केन्द्रका अध्यक्ष दाहालको दोहोरो चरित्र र प्रधानमन्त्री ओली नेतृत्वको दल नेकपा एमालेको उदासीनताले भिजिट भिसा प्रकरणका कारण अबरुद्ध भएको प्रतिनिधिसभा बैठक कहिले सञ्चालन हुन्छ यकीन हुन सकेको छैन ।